अन्तरिक्षमा होटल बनाउँदै नासा !

अन्तरिक्षमा होटल बनाउँदै नासा !

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  पुष १२, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी अंतरिक्ष एजेंसी नासाले रोबोटका लागि अंतरिक्षमा  होटल बनाउने निर्णय गरेको छ । यसमा केवल रोबोट मात्र बस्न सक्नेछन । यो ‘रोबोट होटल’को नामले चिनिनेछ । नासाले अंतरिक्षमा रोबोटिक टूल स्टाज  (आरटीटीएस) लाई आफ्नो आगामी लन्चका साथ ‘रोबोट होटल’ पनि अट्याच गर्दैछ । यसलाई अन्तराष्ट्रिय रोबोट स्टेशन (आईएसएस) भन्दा बाहिर राखिनेछ । 

यो रोबोट उपकरणका लागि एउटा महत्वपूर्ण सुरक्षित इकाई हुनेछ । नासाका अनुसार उक्त मिशनको १९ औं स्पेस एक्स कमर्शियल लन्चिंङ्गमा यस होटललाई  स्थापित गर्ने तयारी भइरहेको छ । 

उक्त होटलमा रोबोट आउटर तथा लिक लोकेटर (आरईएल) रहनेछन् । यस होटलमा ठूलो संख्यामा स्पेक्ट्रोमिटरका साथ आउटफिट हुनेछन्, जो अमोनिया जस्ता ग्यासको उपस्थिति सुंघ्न सक्षम हुनेछ । यस उपकरणका माध्यमबाट स्टेशनमा हुने कुनै प्रकारको लीक पत्ता लगाउन सक्नेछ ।