बैंक लुटेर मेरी क्रिसमस !

बैंक लुटेर  मेरी क्रिसमस !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १२, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको कोलोराडोमा एकजना व्यक्तिले बैंक लुटेर मान्छेलाई पैसा बाँड्दै मेरी क्रिसमस भन्दै क्रिसमस मनाएका छन् । पुलिसका अनुसार डकैती रकम लुटिसकेपछि बैंकबाट बाहिर निस्किएर सड़कमा आएर पैसा हावामा उड़ाएर मानिसलाई पैसा लिन आग्रह गरेका थिए । साथै उनले कराएर सबैलाई क्रिसमसको शुभकामना पनि दिए । 

पुलिसले लुटेरा डेविड वेन ओलिवरलाई गिरफ्तार गरेको छ । उनको साथमा कुनै पनि हतियार भने थिएन । बैंकका एक प्रत्यक्षदर्शीका अनुसार लुटेरा बैंकमा भित्र पस्यो र ज्यान मार्ने धम्की दियो । त्यसबेला बैंकमा धेरै भीड़ थिएन । उसले क्यासियरलाई पैसा दिन भन्यो । तर, हालसम्म बैंकबाट कति रकम लुटेको हो भन्ने बारेमा जानकारी भने प्राप्त भएको छैन । 

सड्कमा पैदल हिंडिरहेका एक प्रत्यक्षदर्शीका अनुसार लुटेराले अचानक ब्यागबाट पैसाबाट झिकेर हावामा फाल्न थाले साथै चिच्याई चिच्याई मेरी क्रिसमस भन्दै क्रिसमसको शुभकामना पनि दिएका थिए ।