मनिका थापा मगरका गजल

मनिका थापा मगरका गजल

मनिका थापा मगर  |  साहित्य  |  पुष १२, २०७६

नदेखिएको मात्र हो आगो बलिरहेछ
नडराऊ   शत्रुदेखि जो आफैंँ गलिरहेछ।।

हजुर ! देख्नु, नदेख्नु आफ्नो ठाउँमा छ
हेर्नुहोस् समुद्रभित्र पनि पानी जलिरहेछ ।

गाह्रो छ हजुर योग्यताले जागिर खान
थाहै छ जहाँतहांँ राजनीति चलिरहेछ ।

किन आत्तिन्छौ सानो चोट लाग्दा तिमी
गुलाफलाई हेर, जो कांँडामाझ फलिरहेछ ।