चोटपटकको  बारेमा समान धारणा बनाउन  कार्यशाला

चोटपटकको  बारेमा समान धारणा बनाउन  कार्यशाला

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष १२, २०७६

काठमाडौं  । काठमाडौं मेडिकल कलेजमा रहेकाे  नेपाल इन्जुरी अनुसन्धान केन्द्रले  २०७६ पुषको १२ गते शनिबारका दिन  कीर्तिपुर स्थित कीर्तिपुर हिल्साइड रिसोर्टमा  'चोटपटकको अवधारणा' विषयमक एकदिने कार्यशाला आयोजना गरेको जानकारी दिएकाे  छ ।

अनुसन्धानहरुले देखाए अनुसार 'इन्जुरी'शब्द भन्नाले कुन बाह्य एजेन्टद्वारा शरीरमा जानीजानी वा अन्जानमा हुने विभिन्न प्रकारका क्षतिहरूलाई बुझाउने गरेकाे छ  ।  साथै विभिन्न उच्च आय भएका देशहरूमा 'एक्सिडेन्ट' भन्ने शब्दले भाग्य वा गलत समयमा र गलत ठाउँमा हुने क्षतिलाई जनाउने भएकोले सो शब्दको प्रयोग गर्न नरुचाईने गरेकाे छ । यसकाे  बारेमा आमनेपालीहरुमा कमै मात्रमा जानकारी भएकाे हुँदा नै  कार्यशाला आयोजना  गर्नु परेकाे नेपाल इन्जुरी अनुसन्धान केन्द्रले  जनाएकाे छ ।

नेपाली समाजमा इन्जुरीको बुझाइ तथा अवधारणाका बरेमा समान खालकाे बुझाई बनाउनु नै  कार्यशालाको मुख्य उद्देश्य रहेको छ र सो कार्यशालामा मानवशास्त्री, समाजशास्त्री, सामाजिक कार्यकर्ता, स्कूल शिक्षक, नर्स, डाक्टर, महिला स्वास्थ्य स्वयंसेविका (एफसीएचभी), जनस्वास्थ्यकर्मी र स्थानीय उद्यमीहरू गरेर  ३४जनाकाे  सहभागीता रहेकाे बताइएकाे छ ।  

कार्यशालाको शुरुवातमा नेपाल इन्जुरी अनुसन्धान केन्द्रका निर्देशक तथा काठमाडौ मेडिकल कलेज कम्यूनीटि विभागका प्रमुख प्रा. डा. श्री सुनीलकुमार जोशीले स्वागत मन्तव्य दिंदै   काठमाडौं मेडिकल कलेज नेपालमा चोटपटक रोकथामका लागि सदैव प्रतिबद्ध  रहेकाे बताउनु भएकाे थियाे ।   नेपाल इन्जुरी अनुसन्धान केन्द्र (एनआईआरसी) ले जन मानसमा यस सम्बधिको अवधारणा अन्वेषण गर्ने उदेश्यले नै  कार्यशाला आयोजना गरेकाे समेत प्रा. डा. जोशीले  जानकारी दिनुभयो ।

त्यस पश्चात प्रोफेसर मधुसुदन सुवेदीको नेतृत्वमा तथा नेपाल इन्जुरी अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताहरुद्वरा कार्यशाला सञ्चालन गरिएको थियो ।

सहभागीहरूलाई स्वास्थ्य समूह, समाजशास्त्री, मानवशास्त्री र सामुदायिक स्वास्थ्यकर्मीहरू गरी चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट चोटपटकको बारेमा आफ्नो दृष्टिकोण र रोकथाम गर्ने उपायको बारेमा प्रस्तुती गर्ने व्यावस्था मिलाईएकाे थियाे ।   सहभागीहरूको सक्रिय सहभागिता तथा छलफल मार्फत चोटपटकका विभिन्न सामाजिक र चिकित्सकिय दृष्टिकोण माथि प्रकाश पार्ने काम सम्पन्न भएकाे थियो ।

धेरैजसो सहभागीहरूले शारीरिक चोटलाई मात्र नभइ मानसिक चोटपटकलाई पनि जोड दिएको कार्यशालामा  चोटपटकका कारणमा विभिन्न सामाजिक कारण र  मानव व्यवहार र भूमिकाको बारेमा समेत छलफल भएकाे थियाे ।

त्यसैगरी चोटपटकको रोकथामको लागि कानुन र नियमको कार्यान्वयनको आवश्यकता, विद्यालयको पाठ्यक्रममा चोटपटक रोकथामको विषय समावेस गर्नुका साथै  एकीकरण र सामूहिक जागरूकताका लागि सडक नाटकको उपयोगिता जस्ता उपायका बारेमा छलफल भएकाे थियाे ।