पोलेण्डसहित उर्गेन र श्रेष्ठ पक्राउ

पोलेण्डसहित उर्गेन र श्रेष्ठ पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  पुष १३, २०७६

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१० कपन साततलेबाट अवैध लागूऔषध पोलेण्ड ६ सय ९९ दशमलव ८० ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  जनाइएको छ । 

पक्राउ पर्नेहरूमा दोलखा घर भएका उर्गेन शेर्पा र डोटी सिलगढी नगरपालिका–४ घर भएका २५ वर्षीय बिबेक श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्दा शेर्पाको साथबाट २ सय २४ दशमलव ७० ग्राम र श्रेष्ठको साथबाट ४ सय ७५ दशमलव १० ग्राम गरी उक्त परिमाणको लागूऔषध पोलेण्ड र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।