विज्ञान जादुई सूत्रकाे खाेजीमा, ठूलादेखि साना कणलाई परिभाषित गर्ने उपायकाे चाहना के पुरा हुन्छ ?

स्टीफन हाँकिंगको जीवनमा आधारित फिल्म हो ‘द थ्योरी अफ एभरीथिंग’

विज्ञान जादुई सूत्रकाे खाेजीमा, ठूलादेखि साना कणलाई परिभाषित गर्ने उपायकाे चाहना के पुरा हुन्छ ?

सुशोभित सिंह सक्ताक्त  |  ज्ञानविज्ञान  |  फाल्गुन १०, २०७५

विज्ञानको अभिरुचि पनि कता कता ‘आबराको डाबरा’, ‘गिलिगिली’ र ‘ऊँ स्वाहा’ जस्तै कुनै एउटा यस्तो सिद्धान्तको खोजीमा तल्लीन रहेको पाइन्छ, जसले सम्पूर्ण विश्व ब्रहमाण्डको व्याख्या विवेचन एउटै जादुई डण्डा जतिको सूत्रले (जस्तै E=mc2ऊर्जा = द्रव्यमान x प्रकाश वेग) गर्न सकियोस् । 

एक अर्थमा विज्ञानले आफूलाई ईश्वरको स्थानमा पदस्थापन गर्न नचाहेको भए पनि ‘ईश्वरको मस्तिष्क र मस्तिष्कको रचनाधर्मिता’ (म्याट्रिक्स अफ यूनीभर्स) बुझ्ने ललक देखिन्छ विज्ञानसँग । 

प्रसङ्ग स्टीफन हाँकिंग विषयक फिल्म ‘द थ्योरी अफ एभरीथिंग’को थियो । 

फिल्मको एक दृश्यमा स्टीफन हाँकिंगको घरमा एकजना पाहुना आउँछन् मि. जोनाथन । ‘डायनिग टेबल’मा मिस्टर जोनाथन, स्टीफन हाँकिंग र

उनकी पत्नी जेन खाँदै गफ गरिरहेका छन् । जस्तो कि सर्वविदित नै छ, हाँकिंग लाई बोल्न गाह्रो हुन्थ्यो । एउटा प्रसङ्ग आउँदा जेन हाँकिंगको ‘फण्डामेन्टल थिसीस’ बारे जोनाथनलाई उदाहरण दिएर बुझाउछिन् । 

जेन टेबलमा राखिएका दुईटा फोर्क (काँटा) हातमा लिन्छिन् । एउटा ‘फोर्क’ को सहायताले उनी प्लेटमा राखिएका केराउका दाना मध्ये एउटा दाना उठाउछिन् र अर्को फोर्कबाट एउटा आलू उठाउँदै जोनाथनसँग भन्छिन् । 

यी दुबै हाम्रो भौतिक विज्ञानका दुइटा आधार स्तम्भ हुन । हेर, ठूलो आकारको यो आलू भनेको ‘जनरल रिलेटीभिटी थ्योरी’ लाई प्रतिनिधित्व गर्छ । र अर्को ‘फोर्क’ देखाउदै उनी भन्छिन्– यो सानो केराउको दाना ‘क्वाण्टम थ्योरी’लाई प्रतिनिधित्व गर्छ । 

तपाईहरुलाई थाहै छ आइन्सटाइनको ‘जनरल रिलेटीभिटी थ्योरी’ ठूल्ठूला पिण्ड र परिदृश्यको सटीक व्याख्या गर्छ । चाहे ‘ब्लैकहोल’ होस, गुरुत्वाकर्षण होस्, प्रकाश होस वा फैलिदै गइरहेको व्रह्माण्ड होस्, सबै ठूला कुराहरुमा ‘जनरल रिलेटीभिटी थ्योरी’ व्याख्या विवेचना गर्न सक्षम छ । 

साच्चै नै सम्पूर्ण ‘कास्मिक रिडल’को क्याप्सुल यसै एउटा ‘म्याट्रिक्स’ले सञ्चालित छ, ‘तपाई समय र ‘स्पेश’को परिधिमा हुनुहुन्छ । सारमा भन्न सकिन्छ तपाई एउटा यस्तो इनारभित्र हुनुहुन्छ जहाँबाट तपाई भरमग्दुर प्रयास गरे पनि ईनार बाहिरको ‘यूनीभर्स’ देख्न सक्नुहुन्न । हाम्रो भौतिक शरीरबाट त यो किमार्थ पनि सम्भव हुन्न ।’ 

तर ठूला कुराले मात्रै जीवन चल्दैन भने झै हाम्रो चारैतिरको दृश्य ब्रह्माण्ड पनि आखिर बनेको त साना साना कणले नै हो । यी साना कणको अध्ययनका लागि ‘जनरल रिलेटीभिटी थ्योरी’ को पहुँच पुगेन । झण्डै आइन्स्टाइन कै समय मै यो तथ्य थाहा भइ सकेको थियो र फलस्वरुप जन्मियो एउटा अर्को ‘थ्योरी’, ‘क्वाण्टम थ्योरी’। 

‘क्वाण्टम थ्योरी’ ले अति स–साना कणहरुका बारे अन्वेषण गर्छ–‘एटम’, ‘पार्टिकल्स’, इलेक्ट्रान्स, प्रोटन्स, ‘क्वार्कस’, ‘इलेक्ट्रोम्यागनेटिक’ फील्डस आदि । 

जेन जोनाथनलाई बुझाउँदै भन्छिन्, केराउका दाना अर्थात ‘क्वाण्टम’ स्तरमा वस्तु अति अराजक व्यवहार प्रदर्शित गर्छन् । उनका कार्य, व्यवहार र गुणधर्म बारे पुर्वानुमान गर्न सकिदैन । यसका विपरीत अथवा केराउको तुलनामा आलू शांतचित्त हुन्छ । तपाई सजिलै यसको अध्ययन गर्न सक्नुहुन्छ । यो विश्व आलूले मात्रै बनेको भए परम रहस्यलाई सजिलै बुझ्न सकिन्थ्यो तर दुर्भाग्य यस विश्व ब्रह्माण्डको संरचनामा केराउका दाना पनि संलग्न छन्, र स्टीफन हाँकिंग यिनै केराउका दानाको अध्ययन गरिरहेका छन् । 

आधुनिक भौतिक विज्ञानको इतिहास आइन्सटाइनको ‘जनरल रिलेटीभिटी’ बाट अघि बढ्दै स्टीफन हाँकिंगसम्म पुग्दा न पुग्दै ‘क्वाण्टम थ्योरी’ पथमा अग्रसर भएको वृतांत फिल्मको यस दृश्यले अत्यन्त सजिलो भाषामा बुझाउँछ । 

हामी सबैलाई थाहा भएकै कुरा हो सर अल्बर्ट आइन्सटाइन ‘क्वाण्टम थ्योरी’ का अनेकन अन्य वैज्ञानिकमध्ये एक जना खोजी जनक हुन । ‘क्वाण्टम थ्योरी’ को खोजबाट उनलाई पूर्णतयः अलग्याउन सकिदैन । तर ‘क्वाण्टम थ्योरी’ले उनका अन्य वैज्ञानिक समीकरणलाई निरुत्तर बनाई दिन्थ्यो, यसकारण उनी ‘क्वाण्टम थ्योरी’ प्रति सहज थिएनन् । आइन्सटाइनको मस्तिष्क व्याप्तिमा संलग्न थियो । उनी ‘बिग बैंग’, ‘स्पेशटाइम’, ‘एक्सपांडिग यूनीभर्स’, ‘टाइम ट्रैभल’, ‘ग्रैभीटेशनल वेभ’ का कुरा गर्थे । समग्रमा उनको खोज र यात्रा एउटा अर्को आयाममा केन्द्रित थियो । आधुनिक भौतिक विज्ञानले अब त्यस दिशामा आफ्नो ध्यान केन्द्रित गरेको छ जुन विन्दुमा ‘जनरल रिलेटीभिटी थ्योरी’ र ‘क्वाण्टम म्याकेनिक्स’ संयुक्त हुन सक्छन्, सँगै अघि बढ्न सक्छन् । ‘हाँकिंग रेडिएशन’, ‘क्वाण्टम ग्रैभिटी’ यसका उदाहरण हुन् । 

‘क्वाण्टम फिजिक्स’को जिज्ञासा सूक्ष्मातिसूक्ष्म एवम् असाधारण हुन्छ, जस्तो कि तपाईलाई थाहा छ एउटा कुनै चित्रको सबैभन्दा सानो यूनिट ‘पिक्सेल’ हुन्छ । ‘क्वाण्टम फिजिक्स’ले प्रश्न गर्छ, ‘चित्रको सानो यूनिट’ पिक्सेल झै दृश्य ब्रह्माण्डमा दूरीको सबैभन्दा सानो यूनिट के हुन सक्छ ? ‘ अ क्वाण्टम अफ स्पेश’ ।

मैक्स प्लांकले यसको खोजी गर्छन् । दृश्य ब्रह्माण्डमा सबैभन्दा सानो दुरी १.६१६२२९x १०-३५ मीटर हुन्छ । यसलाई प्लांक ‘लेन्थ’ भनिन्छ । यो भनेको एउटा प्रोटन भन्दा पनि १०-२० गुना सानो साइज हो । समय बारे यही प्रश्न गर्दा जवाफ आउँछ, ‘एउटा फोटनलाई (स्मरण रहोस् फोटनको गति प्रकाशको गति हो) ‘प्लांक लेन्थ’ को दूरी पार गर्न जति समय लाग्छ, त्यै नै समयको सबैभन्दा सानो यूनिट हो । यसको ‘भैल्यू’ हुन आउँछ ५.३९ x १०-४४ सेकेण्ड । निर्वातमा (VACUME) प्रकाशको गति प्लांक दुरी /प्लांक समय बाट सजिलै बुझ्न सकिन्छ । 

ब्रह्माण्डाको अपार विस्तार भित्र सूक्ष्मताको यो अवलोकन मानवताका लागि नयाँ दृष्टि हो, यस नयाँ दृष्टिले मनुष्यको प्रज्ञालाई असीमित भित्र सीमित र सीमित भित्र असीमित संघान गर्ने संभावना प्रदान गरेको छ । 
यदि हाम्रो पृथ्वीलाई सामान्य आकारको एउटा बल सदृश्य कल्पना गर्ने हो भने वृहस्पति ग्रह त्यो बल भन्दा ठूलो बल हो । वृहस्पतिको तुलनामा सूर्य त्यो भन्दा पनि ठूलो बल हो । अहिलेसम्म ज्ञात आकाशीय पिण्डहरुमा भीबाई कैनिस मेजोरिस (VY CANis MAJoRiS) सबैभन्दा ठूलो बल हो । 

यो हाम्रो पृथ्वीभन्दा ३९०० प्रकाशवर्ष टाढा अवस्थित रहेको छ । यसको विशालताको कल्पना सजिलै गर्न सकिन्छ । प्रकाशको गतिले हिड्दा १ सेकेण्डमा पृथ्वीको ७ फन्को लाउन सकिन्छ भने यसै गतिले सूर्यको एक फन्को लाउन १४.५ सेकेण्डको समय लाग्छ । भीबाई कैनिसको एउटा परिक्रमा पूरा गर्न प्रकाशको गतिलाई २१६०० सेकेण्डको समय लाग्छ । 

यदि तपाई ब्रह्माण्डमा दूरी, व्यापकता एवम् अनन्तताको आयाममा यात्रा गर्नु चाहनु हुन्छ भने यो जति सुकै असम्भव भए पनि यसमा कुनै किसिमको अन्यौल देखा पर्दैैन । अन्यौल, दुविधा र अनिश्चयात्मकता त त्यसबेला उत्पन्न हुन्छ जब तपाई हामीलाई ज्ञात सबैभन्दा साना कणको यात्रा थाल्नु हुन्छ । त्यसबेला तपाईलाई थाहा हुन्छ ऋणांकका पछाडि पनि ‘यूनीभर्स’ उति नै व्यापक र अनन्त छ जति धनांकका अगाडि । एकका अगाडि अनन्त शून्य थपेर अनन्तसम्म गन्न सकिन्छ भने ऋण अंक पनि अनन्तसम्म गन्न सकिन्छ । 

‘क्वाण्टम’ स्तरको यात्रामा मूल दुविधा प्रारम्भ मै देखा पर्छ, तपाईले यात्रा कहाँबाट आरम्भ गर्ने, कुन दिशामा उन्मुख हुने ? र फेरी एकपटक कुनै दिशामा यात्रा थाले पछि तपाई पुनः फर्केर आउन सक्नु हुन्न किनकी त्यहाँ समय र ‘स्पेश’ को बाध्यता छ । 

साच्चै नै सम्पूर्ण ‘कास्मिक रिडल’को क्याप्सुल यसै एउटा ‘म्याट्रिक्स’ले सञ्चालित छ, ‘तपाई समय र ‘स्पेश’को परिधिमा हुनुहुन्छ । सारमा भन्न सकिन्छ तपाई एउटा यस्तो इनारभित्र हुनुहुन्छ जहाँबाट तपाई भरमग्दुर प्रयास गरे पनि ईनार बाहिरको ‘यूनीभर्स’ देख्न सक्नुहुन्न । हाम्रो भौतिक शरीरबाट त यो किमार्थ पनि सम्भव हुन्न ।’ 

हाम्रो जगतको तीन ‘डायमेंशन’ र समयरुपी चौथो ‘डायमेंशन’ले एक आपसमा संयुक्त भएर ‘जनरल रिलेटीभिटी’ र ‘क्वाण्टम थ्योरी’ बीच प्रतिस्पर्धा खडा गरेका छन् । यो ब्रह्माण्ड आलूबाट बनेको हो कि केराउका दानाहरु मिलेर ? आलू र केराउ मध्ये कसको अध्ययन कुन रीतिले गर्ने हो जसले अर्काको विषयमा पनि स्पष्ट संज्ञान देओस् । के यो भौतिक विज्ञानको कुनै एउटा नियमबाट सम्भव छ ? साच्चै भन्ने हो भने

मनुष्यको प्रबोध नै भौतिकीको नियमबाट सम्भव छैन । भौतिक विज्ञानको अनुरुप एउटा मात्र परिदृश्य घटित भएको देखिन्छ, त्यो हो भाषा र विचार एवम् आफ्नै अवबोधले कीलित मानिसको अपार बुद्धि विभ्रम ।

हुन त तपाईलाई कस्तो लाग्छ, यस अपार बुद्धि विभ्रमलाई आत्मसात गर्न सक्नु पनि चानचुने कुरा होइन ।