जुवाखालबाट ५ जना पक्राउ

जुवाखालबाट ५ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  पुष १३, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू किमडोल बस्ने जुन नुच्छे महर्जनको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ बस्ने २८ वर्षीय विशाल बिष्ट सहित ५ जनालाई नगद ८६ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।