आगलागीबाट धनमाल जलेर नष्ट

आगलागीबाट धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १३, २०७६

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका–२ सानेपा चोक बस्ने राजेश पासवानको कवाडी पसलस्थित जुटको बोरा गोदाममा शनिबार बेलुका आगलागी भई विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, ६ वटा दमकल, १ वटा वाटर क्यानन, ५ वटा पानी ट्याङ्कर र १ वटा जेसीबीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

सर्लाही, हरिवन नगरपालिका–११ हरिवन बजार बस्ने शेख फैज अहमदको गुलाम फेन्सी स्टोरमा बिद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा पसल पूर्णरुपमा जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, बीरगंज महानगरपालिका–११ श्रीपुर बस्ने बडेलाल साह सोनार र रामराज चौधरीको होटलमा ग्याँस सिलिण्डर लिक भई शनिबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।   

खोटाङ, खोटेहाङ गाउँपालिका–६ नेर्ला बस्ने प्रकाश बुढाथोकीको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

आगलागी भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।