‘मेरो मायाले छुन्छ छुुदैन’ बोलकाे गीतकाे म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

‘मेरो मायाले छुन्छ छुुदैन’ बोलकाे गीतकाे म्यूजिक  भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष १४, २०७६

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो मायाले छुन्छ छुुदैन’  म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘मेरो मायाले छुन्छ छुुदैन’को  म्यूजिक भिडियो सार्वजनिक गिरएकाे हाे  । 

योगेश काजीको सङ्गीतरसङ्गीत संयोजन, एचबीएन किस्मतको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन तथा कोरियोग्राफ गर्नु भएकाे छ ।  

काटुन क्रुज गु्रपका सरोज र आष्माको अभिनय समेत गीतको भिडियोमा सारिका र योगेशलाई पनि देख्न सकिन्छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन गर्नु भएकाे छ  । 

गीतको भिडियोलाई डीआर म्युजिक एण्ड क्रिएशनबाट सार्वजनिक गरिएको हो । यो गीत डा. डीआर उपाध्यायको गत महिना विश्व रेकर्ड राख्न सफल एल्बम ‘सेभेन्थ कड्स’को हो ।

‘मेरो मायाले छुन्छ छुुदैन’ बोलकाे गीत यहाँ सुन्न सकिन्छ ।