साईँ बाबाको  प्रसादलयमा दैनिक ४० हजार भक्तलाई  भोजन  !

साईँ बाबाको  प्रसादलयमा दैनिक ४० हजार भक्तलाई  भोजन  !

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १४, २०७६

काठमाडौँ, एजेन्सी । शिर्डीको साईँ बाबा मन्दिर प्रसादालयमा यस वर्ष १.६३ करोड भक्तले भोजन ग्रहण गरेका छन् ।

यो सङ्ख्या पछिल्लो वर्षको तुलनामा १० लाखले बढी हो । त्यस्तै श्रद्धालुले आफ्नो स्वेच्छाले २० करोड ८० लाख भन्दा धेरै दान समेत दिएका छन् ।

प्रसादालयलाई प्राप्त यो पछिल्लो वर्षको तुलनामा १६ करोड भन्दा धेरै हो । शिर्डीको प्रसादालयलाई आईएसओ रैंकिंग समेत प्राप्त भएको छ । यस प्रसादालयको विशेषता भनेको यहाँ भोजन बनाउनका लागि पूर्ण रूपमा सौर्य ऊर्जाको प्रयोग गर्ने गरिन्छ । अत्याधुनिक तथा भव्य यस प्रसादालयमा प्रत्येक दिन करिब ४० हजार भन्दा धेरै मानिसले खाना खाने गरेका छन् । 

यसका अलावा शारीरिक रूपमा अशक्त, विद्यार्थी, शिर्डी साईँ बाबा संस्थानका कर्मचारीले पनि निःशुल्क भोजनको लाभ लिने गरेका छन् । यहाँ ५ हजार भक्त तथा १५ सय भिआइपी एक साथ भोजन गर्न सक्छन् । यहाँ गुरु पूर्णिमाको दिन मात्रै  ८८ हजार भक्तजनले प्रसाद ग्रहण गरेका थिए । यो आफैँमा एउटा रेकर्ड हो । प्रसादालय एसिया महाद्वीपमा नै १ नम्बरको मानिन्छ  ।