पकिस्तानी पूर्वगृहमन्त्रीले पोर्न स्टारको तस्बीर शेयर गरेपछि...

पकिस्तानी पूर्वगृहमन्त्रीले पोर्न स्टारको तस्बीर शेयर गरेपछि...

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १५, २०७६

पकिस्तानका पूर्वगृहमन्त्री तथा सांसद अब्दल रहमान मलिक भारतको विरोधका चक्करमा सामाजिक संजालमा ट्रोल बनेका छन् ।

मलिकले दुई पोर्न स्टारका तस्बीर भारतका पीडित भन्दै शेयर गरेका हुन् ।

भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीका नीतिको विरोध गर्दै रहमान मलिकले उक्त तस्बीर सोमबार सामाजिक संजालमा शेयर गरेका थिए । मलिकले पोर्न स्टारका तस्बीर भारतमा सीएए प्रदर्शनमा सहभागी महिला भन्दै शेयर गरे तर गल्ती भएको थाहा पाएपछि उनले उक्त ट्वीट हटाए ।

को थिए ती दुई पोर्न स्टार ?

अक्षय नाम गरेका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘सर, भारतीय क्षेत्रीय चलचित्रका प्रभावशाली अभिनेत्रीहरूले हिजाब पहिरेर नागरिकता संशोधन विधेयकको विरोध गर्ने भारतीय मुसलमानका साथमा एकमत देखाएका हुन् । उनीहरूलाई सलाम ! मोदीले छिट्टै राजीनामा दिनेछन् ।’

यसको जवाफमा तस्बीर पोस्ट गर्दै संघीय जाँच एजेन्सीका अधिकारी रहेका रहमान मलिकले लेखेका छन्, ‘अल्लाहले उनीहरूमाथि कृपा गरून् ।’

यी तीन तस्बीर फरक फरक युवतीका थिए । त्यसमा दुई पोर्न स्टार मिया खलिफा र नादिया अली हुन् । यस ट्वीटमा प्रयोगकर्ताले निकै खिल्ली उडाएका छन् मलिकको ।

सामाजिक संजालमा ट्रोल बने पूर्वमन्त्री

आफ्नो गल्ती महसुस हुनेवित्तिकै तत्काल आफ्नो पोस्ट हटाए उनले । त्यसबेलासम्म प्रयोगकर्ताले उनको यस पोस्टलाई स्क्रिन सट लिइसकेका थिए ।

यसपछि उनलाई जमेरै भारतीय प्रयोगकर्ताले ट्रोल बनाउन सुरु गरे । एक प्रयोगकर्ताले लेखेका छन्, ‘एउटी नादिया अली हुन्, अर्की मिया खलिफा अर्की कुन हुन् ?’

अर्का एक जनाले लेखेका छन्, ‘एकजुट देखाउनका लागि म पनि यी युवतीका साथमा छु ।’

पकिस्तानका कूटनीतिज्ञ पनि बनेका छन् ट्रोल

यस्तो पहिलो पटक भएको भने होइन । पाकिस्तानका नेता तथा पूर्वअधिकारी यस प्रकार भारतीय ट्रोलर्सका निशानामा परिसकेका छन् ।

भारतीय संसदद्वारा जम्मू–काश्मिरबाट अनुच्छेद ३७० रद्द गर्ने र विशेष राज्यको दर्जा समाप्त पार्ने काम भएपछि पाकिस्तानी कूटनीतिज्ञ अब्दुल बासितले सामाजिक संजालमा काश्मिरमा प्यालेट गन आक्रमणको दाबी गर्दै एउटा तस्बीर शेयर गरेका थिए ।

बासितले पनि गल्तीवस पुरुष पोर्न स्टारको तस्बीर शेयर गर्दै अनन्तनागमा प्यालेट गनबाट आँखा गुमाएका व्यक्ति भएको बताएका थिए ।