पाकिस्तानका चलचित्रकर्मीले 'डन'का सीईओमाथि लगाए बलात्कार आरोप

पाकिस्तानका चलचित्रकर्मीले 'डन'का सीईओमाथि लगाए बलात्कार आरोप

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष १५, २०७६

पाकिस्तानी चलचित्रकर्मी जमशेद महमूदले यसै वर्ष अक्टोबरमा आरोप लगाएका थिए कि एउटा मिडिया घरानाका मालिकले १३ वर्षअघि उनलाई बलात्कार गरेका थिए ।

त्यस समय जमशेदको उक्त आरोपले निकै तहल्का मच्चिएको थियो । उनले जसमाथि बलात्कारको आरोप लगाए, उनको नाम भने बताएका थिएनन् ।

सोमबार जमशेदले उनको नाम बताए, त्यो नाम पाकिस्तानको ठूलो अंग्रेजी अखबार ‘डन’का प्रमुख कार्यकारी हामिद हारुन थियो ।

ज्मशेदलाई मानिसले जमी भन्ने गर्छन् । शनिबार राती जमीले एउटा नयाँ ट्वीटर एकाउन्ट बनाए र सोही एकाउन्टबट ट्वीट गर्दै उक्त आरोप लगाए ।

जमीले पहिलो ट्विट एकाउन्ट ह्याक भएकाले अर्को बनाएको बताएका छन् । जमीले आफ्नो ट्विटलाई फेसबुकमा पनि शेयर गरेका छन् ।

हारुनले यस आरोपलाई अस्वीकार गर्दै जवाफमा भनेका छन्, ‘प्रस्ट रूपमा यो कथा नक्कली हो । जानीबुझीकन मनगढन्ते र काल्पनिक कथा बनाइएको हो ताकि मलाई र मेरो अखबारलाई चुप लगाउन सकियोस् । म यस मामलामा कानुनी कारबाहीका लागि जाँँदै छु ।’

हारुनले थप भनेका छन्, ‘मेरो नाम र प्रतिष्ठाका साथै प्रेस स्वतन्त्रतामा चोट पु¥याउने षड्यन्त्र हो यो ।’

पाकिस्तानको मनोरंजन उद्योगमा जमशेद महमूद एउटा प्रतिष्ठित नाम हो । सन् २०१४ मा जमीले ओ२१ चलचित्र निर्देशन गरेका थिए । जमीले निर्देशन गरेको मूर सनु २०१५ मा पाकिस्तानका तर्फबाट ओस्कारमा पठाइएको थियो ।