का‌ंग्रेस नेत्री प्रियंका गान्धीले मुख्यमन्त्री आदित्यनाथलाई भनिन् : गेरु वस्त्र पहिरेर हिंसा नगर्नुस्

का‌ंग्रेस नेत्री प्रियंका गान्धीले मुख्यमन्त्री आदित्यनाथलाई भनिन् : गेरु वस्त्र पहिरेर हिंसा नगर्नुस्

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १५, २०७६

कांग्रेस महासचिव प्रियंका गान्धीले उत्तर प्रदेश सरकारमाथि आरोप लगाएकी छन् कि उसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका जनताविरुद्ध बदला लिनका लागि कारबाही गरिरहेको छ र उनीहरूविरुद्ध गम्भीर मुद्दा दर्ता गरिरहेको छ ।

गान्धीले मुख्यमन्त्री योगी आदित्यनाथको बदलाभावयुक्त भनाइलाई लिएर उनीमाथि आक्रामक बन्दै भनिन्, ‘योगीको कपडा पहिरेका छन् तर उनलाई त्यसको मतलब छैन ।’

उनले भननिन्, ‘उत्तर प्रदेशका मुख्यमन्त्रीजीले योगीको वस्त्र धारण गर्नुभएको छ, गेरुवस्त्र धारण गर्नुभएको छ तर यो गेरु उहाँको होइन । यो गेरु हिन्दुस्तानको धार्मिक, अध्यात्मिक परंपराको हो । हिन्दु धर्मको प्रतीक हो । उक्त धर्म धारण गर्नुहोस् । उक्त धर्ममा रंज, हिंसा र बदलाको भावनाको कुनै स्थान छैन ।’

उनले महाभारतलाई उल्लेख गर्दै यस देशको आत्मामा हिंसा, बदला, रंजको स्थान नभएको र कृष्णले अर्जुनलाई प्रवचन दिँदा पनि यही कुरा उल्लेख गरेका सुनाइन् ।

प्रियंका गान्धीले भनिन् कि उत्तर प्रदेश कांग्रेस समितिको एउटा प्रतिनिधिमण्डलले राज्यपाल आनन्दीबेन पटेलसँग भेटेर उनलाई एउटा दस्थावेज बुझाएका छन्, जसमा यस्ता धेरै चिज छन्, जुन देखाएपवछि मुख्यमन्त्रीले जे भनेका छन्, बदला लिने, त्यस भनाइमा प्रशासन र प्रहरी जोडिएका छन् ।