नगरपालिकाले  १९ हजार 'चासभोग' गर्नेहरुलाई जग्गको स्वामित्व प्रदान  गर्ने !

नगरपालिकाले  १९ हजार 'चासभोग' गर्नेहरुलाई जग्गको स्वामित्व प्रदान  गर्ने !

शर्मिला खड्का  |  समाचार  |  पुष १६, २०७६

उदयपुर । उदयपुर स्थित त्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नापजाँच गरि लगत लिन थालिएको छ ।

नगरपालिका क्षेत्रको ऐलानि जग्गा विवरण संकलन कार्यका लागि  २०७६ साल  पुस १५ गते मंगलवार देखि नापजाँच गरी विवरण संकलन पश्चात  'चासभोग' गर्नेलाई जग्गको स्वामित्व प्रदान गर्ने प्रयाेजनकाे लागि लगत लिने कार्यकाे थालनी गरिएकाे हाे  ।  

त्रियुगा नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना नै गरी वडा नं.६ देखि सो कार्यको सुरुवात गरेको हो । नगरवासीको प्रमुख समस्या, आवश्यकता र चाहना अनुरुप  नै कार्य थालनी गरिएको मेयर बलदेव चौधरीले  जानकारी दिनुभएकाे छ ।  चाैधरीक अनुसार वडा नं.६ देखि सुरु भएकाे याे कार्यलाई १६ वटै वडामा विस्तार गरिने कार्यक्रम रहेको छ । कामको प्रभावकारिता र पारदर्शिका लागि ऐलानी  जग्गाको विवरण संकलनको तथा ब्यवस्थापन निर्देशिका समिती नै बनाइको  समेत मयेर चाैधरीले जानकारी  दिनु भएको छ । 

नगरपालिकाले क्षेत्रमा करिब ६० प्रतिशत जग्गा ऐलानी,प्रति रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलनको उद्देश्यले भोगचासका आधारमा फारम भर्न निवेदन माग  यस अघि गरिएकोमा करिब १९ हजारले निवेदन दिएको चाैधरीले  बताउनु भएकाे छ । 

जग्गा नापजाचका लागि आधुनिक मेसिन,टोटल स्टेशन मेसिन प्रयोग गर्ने, हाल नगरपालिकामा  दुई वटा रहेको र थप दुई वटा मेसिन किनेर ल्याउने  तयारी भइरहेकाे समेत गरपालिकाले जनाएको छ ।

तीन महिनाभित्रमा नापजाच गरी ऐलानी जग्गाको विवरण निकाल्ने कार्य गरिने मेयर चौधरीले बताउनुभयो । विवरण संकलन लगत्तै नगरबासीलाई स्वमित्व दिने काममा डेडवर्षभित्रमा नागरिकलाई स्वमित्व दिने काम पुरा गर्ने उहाँले बताउनुभयो ।

यस कामलाई पूरा गर्न प्रदेश र संघबाट नीति, निर्देशन र अधिकार प्राप्त गर्न आवश्यक रहेकाले त्यो प्राप्तीका लागि  नगरबासीको साथ र सहयोग आवश्यक परेमा माग्ने मेयरले चौधरीले बताउनुभएकाे छ ।

नगरपालिका दृढताका साथ नगरबासीको आवश्यकता र चाहना अनुरुप थालेका छौँ । विवादरहित बनेमा र आवश्यक परे संघ र प्रदेशमा जनमत देखाउन नगरबासीको पूर्ण सहयोग मिल्नेछ भन्नेमा म विश्वस्त छु  बताउनुभयो ।

ऐलानी जग्गाको  विवरण संकलन तथा ब्यवस्थापन  निर्देशक समितीका वडा नं.१२का अध्यक्ष जयविक्रम राईले ऐलानी जग्गा विवरण संकलन तथा ब्यवस्थापन कार्य चुनौतीपूर्ण रहेकाले सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो । यो कार्य नगरबासीको सबै भन्दा ठूलो हित हुने ठहरका साथ नगरपालिकाले प्राथमिकतामा राखेर काम थालेको राइृले बताउनुभएकाे छ । राईले सबैले साथ र सहयोग गर्न आग्रह समेत   गर्नु भएकाे छ ।

सुकुम्बासी समस्या समाधन आयोगका पूर्व अध्यक्ष वेदप्रसाद पोखरेल र नेकपा उदयपूरका सचिव इश्वरमणी राउतले  जनताको आश्वयकता र चाहना अनुरुप कार्य थालनी भएकाले सफलरुपमा पुरा हुने  आशा व्यक्त गर्नुभएकाे छ । नगरपालिकाको यस कार्यले  आफुहरुलाई उत्साहित बनाएको वडा नं. ६ जलजले निवासी सत्रुधन साहले बताउनुभयो ।

जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधि, टोल विकास संस्था र जग्गाधनीको प्रत्यक्ष उपस्थितिमा अमिनीसहितको प्राविधिक टोलिले वडा नं.६ को गैरुनदेखि ऐलानी जग्गा विवरण संकलन थालिएको समितिका संयोजक राईले जानकारी  दिनुभएकाे छ ।