जापानमा नयाँ वर्षको राशि चिह्न मुसाको प्रतिमा प्रदर्शन !

जापानमा नयाँ वर्षको राशि चिह्न मुसाको प्रतिमा प्रदर्शन !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १६, २०७६

काठमाडौं, एजेन्सी । पश्चिमी जापानको मिसाटो शहरको ततसुमिजु श्राइन मन्दिर बाहिर मुसाको विशाल प्रतिमा स्थापित गरिएको छ ।यसको उचाई ३ मिटर रहेको छ । सुनौलो रंगको मुसाको हातमा मशाल पनि बनाइएको छ । नयाँ वर्ष २०२० को राशि चिह्न मुसाको प्रतिमा भोलेंटियर ग्रुप तथा बच्चहरुले मिलेर बनाएका हुन् । नयाँ वर्षको शुरुवातसँगै जापान यसै वर्षको टोकियो ओलम्पिक तथा ओलम्पिक  खेलमा जापानले धेरै स्वर्ण पदक जितोस भन्ने हाे । 

मिसाटो शहरमा हरेक वर्ष भोलेंटियर ग्रुपले मानिसको खुशी तथा अत्यधिक अनाज उत्पादनका लागि यसो गर्ने गर्छन् । यस प्रतिमा निर्माण गर्नका लागि लगभग एक महिनाको समय लागेको थियो । भोलेंटियर ग्रुपका नेता किमियो मसुईका अनुसार मुसाको उक्त प्रतिमा फेव्रुअरी महिनाको अन्तसम्म मन्दिरमा प्रदर्शनका लागि राखिनेछ । उनले यस नव वर्ष साथै टोकियो ओलम्पिक खेलले जापानलाई पुनर्जीवित गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।