नासाको रोवरले मंगल ग्रहमा प्राचीन जीवनको निशान खोज्ने

नासाको रोवरले मंगल ग्रहमा प्राचीन जीवनको निशान खोज्ने

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  पुष १६, २०७६

 काठमाडौं, एजेन्सी । आगामी वर्ष मंगल ग्रहमा जाने नासाको रोवर यानले मंगलमा प्राचीन जीवनको निशान खोज्ने भएको छ । यसले आगामी मानव मिशनको मार्ग पनि प्रशस्त गर्नेछ । नासाका वैज्ञानिकले रोवरको अनावरण गर्दै यो सार्वजनिक गरेका हुन् । 

रोवरलाई क्यालिफोर्नियाको पासाडेनामा जेट प्रपल्शन ल्याबोरोटरीको विशाल कक्षमा तयार  गरिएको हो । पछिल्लो हप्ता यहाँ यसको चालक उपकरणको सफल परीक्षण समेत गरिएको थियो । यो रोवर फ्लोरिडाको केप केनावरलबाट जुलाई २०२० मा पृथ्वीबाट मंगल ग्रहतर्फ लाग्नेछ । यसका साथ यो मंगल ग्रहमा जाने पाँचौ अमेरिकी रोवर बन्नेछ । 

मिशनका उपप्रमुख मैट वैलेसका अनुसार यसलाई जीवनका अवशेष पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यसकारण रोवरका साथ साथ विभिन्न उपकरण समेत मंगलमा पठाइँदैछ । जसले मंगलको सतहको भौगोलिक तथा रसायनिक संदर्भलाई बुझ्ने कोशिश गर्नेछ ।

रोवरमा रहेको उपकरणमा २३ क्यमरा तथा दुई श्रवण यन्त्र रहेका छन् जसले मंगलमा बग्ने हावाको बहावलाई सुन्नेछ साथै रसायनिक विश्लेषणका लागि लेजर समेत रहेको छ ।