चीनको पुलिसमा ६ वटा क्लोन कुकुर भर्ती !

चीनको पुलिसमा ६ वटा क्लोन कुकुर भर्ती !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १६, २०७६

काठमाडौं, एजेन्सी । चीनको पुलिस विभागले एकै पटक ६ वटा क्लोन कुकुरलाई भर्ती गरेको छ । यी कुकुरहरु करीब तीन महिनाका हुन् ।  यिनीहरुको जन्म अगस्टमा भएको थियो । पुलिस विभागका अनुसार संसारमा यस प्रकारको प्रयोग यो नै पहिलो हुनसक्छ । पुलिस अधिकारीका अनुसार यी कुकुरहरुलाई  तालिम दिन थालिएको छ । ८ महिना पछि यी कुकुरहरु तालिमप्राप्त हुनेछन् । सामान्य कुकुरको तुलनामा यी कुकुरहरुको दिमाग तेजिलो रहेको र सिक्ने क्षमता पनि राम्रो रहेको पाइएको छ । 

स्थानीय मिडियाका अनुसार क्लोनिंग प्रोग्रामको उद्देश्य के–९ फोर्स तयार गर्नु रहेको छ । ताकि जनवारलाई कम समयमा तालिम दिएर उच्च योग्यता हासिल गर्न सकियोस । यी सबै उस्तै देखिन्छन् साथै जुनसुकै प्रकारको वातावरणमा पनि उस्तै परिणाम दिन सक्षम हुनेछन् । यी ६ वटा कुकुरहरुलाई बेइजिंग म्युनिसिपल ब्युरो अफ पब्लिक सेक्युरिटीको पुलिस डग बेसको एक निजी पेट–क्लोनिंग कंपनी सिओजीनको सहयोगमा तयार गरिएको हो । 

पुलिस डग ब्रिडिंग कोर टेक्नोलोजी रिसर्च प्रोग्रामका प्रमुख मा जिनलेईका अनुसार ६ मध्ये ४ वटा कुकुरको डिएनए ९९ प्रतिशत मिल्छ ।