टी–शर्टको सर्पले सृजना गरेकाे झमेला  !

टी–शर्टको सर्पले सृजना गरेकाे  झमेला  !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १६, २०७६

काठमाडौं, एजेन्सी । दक्षिण अफ्रिकाको ओआर टांबो एयरपोर्टमा एक जना १० वर्षीय बालकको टी–शर्टमा रहेको सर्पको तस्वीरले अन्य यात्री तथा क्रु–मेम्बरलाई असहज हुनसक्ने भन्दै अधिकारीले उक्त टी–शर्ट फेर्न लगाएका छन् । 

आफ्नो परिवारका साथ १७ डिसेम्बरमा न्युजिल्याण्डबाट अफ्रिकाको यात्रामा रहेका उक्त बालकलाई चेक इन प्रक्रियाका दौरान त्यसो गरिएको हो । आफ्ना हजुरबा तथा हजुरआमाका एअरपोर्ट पुगेका स्टिभ लुकसलाई त्यसो गरिएको हो । उनको टी–शर्टमा सर्पको चित्र रहेको थियो । 

अधिकारीले बच्चालाई प्लेनमा बोर्डिंग भन्दा पहिला आफ्नो टी–शर्ट फेर्न भनेका थिए । उनीहरुको तर्क थियो सर्पको तस्वीरले प्लेनका यात्री तथा क्रु मेम्बरलाई असहज हुन सक्नेछ । यात्रा गर्ने हो भने कि त बच्चाले उक्त टी–शर्ट फेर्नुपर्यो वा सर्पको तस्वीरलाई अरु कुनै कपडाले छोप्नु पर्यो । 

अधिकारीका अनुसार प्लेनमा कुनै पनि खेलौना वा त्यसको चित्र अंकित कपडा लगाएर बोर्ड हुने अनुमति छैन । अन्तमा लुकसको टी–शर्टलाई उल्ट्याएर लगाउन दिइयो जसले गर्दा सर्पको चित्र भित्र पर्न गयो ।