यस कारण गुम्याे सरकारकाे सुन्ने र प्रतिपक्षीको बाेल्ने शक्ति

यस कारण गुम्याे सरकारकाे सुन्ने र प्रतिपक्षीको बाेल्ने शक्ति

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १६, २०७६

शब्दमा समाजवादमा पुग्ने लक्ष्यसहित कम्युनिस्ट सरकारले देश चलाएकाे छ। भन्छ, शोषित,पीडित, विपन्न र श्रमिकका लागि याे सरकार । यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस यिनै वर्गकाे नाममा सशक्त प्रतिपक्षकाे भूमिका खेल्ने गफ छाँट्छ । 

यथार्थमा सरकारकाे आदर्श र प्रमुख प्रतिपक्षकाे भक्ति देखिएकै छ । एक-दुई कराेड रुपैयाँ पार्टीलाई चन्दा दिने र चुनावमा रकम दिएर सहयाेग गर्ने नाममा सरकारकाे काम र प्रमुख प्रतिपक्षकाे आवाज ठाउँठाउँमा मिलेकाे छ । एउटा मात्रै उदाहरण उखु किसानकाे समस्या हेराैँ । 

६६ वटा काउलीकाे उब्जनी गर्न ६ लाख र ५० वटा कागती उब्जनी गर्न १३ लाख रुपैयाँ भुक्तानी गरेकाे (स्राेत: प्रदेश ५ संसदीय समितिकाे प्रतिवेदन) सरकारले वास्तविक कृषिमा लागेर उब्जनी गरेर जिम्मा लगाएपछि पाउने भुक्तानी भने राेकेकाे छ । 

पाँच वर्षदेखिकाे उखु  किसानलाई अनुदानका रूपमा दिनुपर्ने एक अर्ब ३४ करोड रुपैयाँ सरकार आफैँले दिएकाे छैन । किसानसँग उधाराेमा उखु किनेर नाफा कमाउने उद्याेगीसँग सरकारले यसै कारण पनि मिलेमताे गरेकाे हाेला भन्दा अन्यथा नहाेला । उद्याेगीकाे बलमा सरकारले चिनीकाे आयात राेकेकै हाे, यथार्थ मूल्यभन्दा प्रति केजी ३० रुपैयाँ बढी मूल्य असुल गर्दा पनि चुप लागेकै हाे । 

किसान र उपभाेक्ताकाे आँखामा धुलाे हालेर उद्याेगी सरकारसँग मिलेर ढुकुर मारेका छन् भन्ने पुष्टि यस्तै कुराले गरेकाे छ । किसानकाे आँखामा भने खुर्सानीकाे धुलाे हालेकाे देखिन्छ ।

सरकार त आफूले तिर्नुपर्ने रकम पनि नतिरेकाे र उद्याेगीले पनि नतिरेकाे (सजातीय) भएर मिल्याे हाेला । प्रमुख प्रतिपक्ष पनि करिब तैँ चुप मै चुप भएर बसेकाे छ । 

सरकारले खाजेर पनि नपाएकाे किसानकाे रकम भुक्तानी नगर्ने किसान प्रमुख प्रतिपक्ष दलकाे प्रदेश सांसद छन् । सरकार र महालक्ष्मी सुगर्सका सञ्चालक तथा प्रतिपक्ष नेता वीरेन्द्र कनोडियाकाे एक स्वर छ । तिर्नुपर्ने पैसा तिर्दै छाैँ । कनाेडियाले २१ कराेड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

आफ्नै नेताले तिर्नुपर्ने पैसा नतिरेपछि पार्टीलाई सहयाेग गरेका प्रदेश सांसद बनेका नेताका कुरा नसुनेर कांग्रेसले कहाँबाट किसानकाे पीडा बुझ्नु ? बुझ्थ्याे भने त अहिलेसम्म किसानकाे घाउमा मह्लम लगाउन दबाब दिन सहभागी हुन्थ्याे हाेला । किसानकाे रगत पसिनाकाे सिरानी लगाउने सांसदलाई पनि दबाब दिन्थ्याे हाेला ।

१५ महिना जिल्लामा गुनासाे गर्दा नसुनेका कारण दुई हप्तादेखि काठमाडौंमा सडकबास भएका किसानकाे गुनासाे अझै सम्बाेधन भएकाे छैन । किसानकै कुरा गरेर नेता बनेका घनश्याम भुसाल कृषिमन्त्री छन्, उद्याेगी भागे भनेर उनी तर्कन्छन् ।

किसान र उपभाेक्तालाई ठगेर सरकारसँग मिलेर चिनी उद्याेगीले बदमासी गरे भन्ने लेखराज भट्ट उद्याेगमन्त्री छन् तर दुई हप्तासम्म किसान अाफ्नै दैलाेमा आएर रुँदा पनि जवाफविहीन देखिन्छन् ।

आफैँले तिर्नुपर्ने पैसा तिर्न नसक्ने सरकारकाे उखु किसानकाे गुनासाे सुन्ने शक्ति र आफ्नै सांसद किसानकाे शाेषण गर्ने उद्याेगी बने पनि कांग्रेसकाे बाेल्ने शक्ति गुमेकाे देखिन्छ ।