२०२० देखि नेदरल्याण्डलाई हल्याण्ड नभनिने  !

२०२० देखि नेदरल्याण्डलाई हल्याण्ड नभनिने  !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १७, २०७६

काठमाडौं, एजेन्सी । नयाँ वर्ष २०२० देखि नेदरल्याण्डलाई हल्याण्ड नभनिने त्यहाँको सरकारले जनाएको छ । सरकारले यसका लागि रीब्रैंडिंग क्याम्पेन चलाई रहेको छ । 

नेदरल्याण्ड सरकारका अनुसार नयाँ वर्ष २०२० देखि उसको निकनेम हल्याण्डलाई उसले आधिकारिक रुपमा नै विर्सजन गर्नेछ । अब यहांको कंपनी, दूतावास, मंत्रालय तथा विश्वविद्यालय एक जनवरी देखि केवल  ‘नेदरल्याण्ड’को रूपमा मात्र चिनिनेछ । वास्तवमा हल्याण्ड नेदरल्याण्डको सानो हिस्सा मात्र हो । नेदरल्याण्डको १२ प्रान्तमा केवल दुई प्रान्तको नाममा मात्र हल्याण्ड आउँछ । तरपनि मानिसहरु अक्सर नेदरल्याण्डलाई हल्याण्ड भन्ने गर्छन् । नेदरल्याण्ड तीन प्रमुख शहर एम्स्टर्डम, राटरड्याम तथा द हेग पनि चर्चित छन् ।

डच मिडियाको रिपोर्टका अनुसार देशको नाम आधिकारिक रुपमा परिवर्तन गर्नका लागि सरकारले २ लाख युरोको बजेट विनियोजन गरेको छ । हल्याण्ड उपनाम छोड्नुका पछि भने जापानमा हुन गैरहेको ओलम्पिक खेलमा भाग लिन तथा युरोभिजनसँग कन्टेस्टको आयोजक रहनु रहेको जनाइएको छ ।