पहिलो दिन  मै जन्मिए ४ लाख  बालबालिका

पहिलो दिन  मै जन्मिए ४ लाख  बालबालिका

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १७, २०७६

काठमाडौं, एजेन्सी । नयाँ वर्ष २०२० को पहिलो दिन तथा नयाँ दशकको शुरुवातमा युनिसेफका कार्यकारी निर्देशक हेनरिटाले पहिलो दिन जन्मने बच्चाको संभावनामाथि एउटा क्यालेण्डर जारी गरेका छन् । युनिसेफले १ जनवरी २०२० मा संसारभर जन्मने बच्चाको अनुमानित संख्याको बारेमा जानकारी गराएको छ । 

रिपोर्टका अनुसार, नयाँ वर्षको पहिलो दिन संसारभर ३ लाख ९२ हजार बच्चाले जन्म लिनेछन् । यसमा सबैभन्दा धेरै ६७ हजार बच्चा भारतमा जन्मनेछन् । दोस्रोमा चीन जहाँ ४६ हजार जन्मनेछन भने नयाँ वर्षको पहिलो दिन जनवरी १ मा पहिलो बच्चा फिजीमा जन्मिएको दावी गरिएको छ भने आखिरी भने अमेरिकामा जन्मने छ । 

हरेकका लागि आफ्नो जन्मदिन विशेष रहेपनि युनिसेफले भने प्रत्येक नयाँ वर्षको जनवरीमा जन्मने बच्चाका लागि शुभ दिनका रूपमा मनाउँछ । युनिसेफका अनुसार बितेको तीस वर्षमा बच्चाको जन्म तथा उसको जीवित हुने संख्यामा धेरै सुधार आएको छ । हाल जन्मिएका बच्चाको ज्यान जाने जोखिम करीब आधा रहेको छ । 

नयाँ वर्षको दिन संसारभर जन्मिएका बच्चाको अधिक संख्या 

भारत – ६७,३८५ 

चीन – ४६,२९९ 

नाइजेरिया – २६,०३९ 

पाकिस्तान – १६,७८७
इण्डडोनेशिया – १३,०२०

अमेरिका – १०,४५२ 

कंगो – १०,२४७

इथियोपिया – ८,४९३