रिसाइकलिंग सेन्टरले फिर्ता गर्‍याे १५ हजार पाउण्ड !

रिसाइकलिंग सेन्टरले फिर्ता गर्‍याे १५ हजार पाउण्ड !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १७, २०७६

काठमाडौं, एजेन्सी । इंगल्याण्डको  बर्नहैम–अन–सीका एक दम्पतिले आफ्नो नातेदारको मृत्युपछि घर सफाई गर्दा त्यहाँको फोहोर मिडसोमेर नार्टमको रिसाइकलिंग सेन्टरलाई दिए ।

सेंटरका कर्मचारीले रिसाइकल गर्नु अघि एउटा डिब्बा चेक गर्दा त्यसमा १५ हजार पाउण्ड  फेला पारे जसलाई सेन्टरले ईमानदारी देखाउँदै सोमरसेट पुलिसलाई बुझाएको छ । 

पुलिसले सेन्टरको सिसिटिभि फुटेजको आधारमा गाडीको नम्बर पत्ता लगाएर दम्पति घरमा पुगेर पुछपाछ पछि रकम फिर्ता गरेको छ ।

पुछपाछमा मृत दम्पतिका नातेदारले उक्त रकम ती मृतक दम्पतिको रहेको र उनीहरुको डिब्बामा रकम जम्मा गर्ने आदत रहेको र आफूहरुले नहेरी उक्त डिब्बा रिसाइकल सेन्टरमा दिएको बताए । उक्त सूचना पाएपछि पुलिसले रकम फिर्ता गरेको हो ।