नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ

लोकसंवाद संवाददाता  |  पर्यटन  |  पुष १७, २०७६

काठमडौ  ।  काठमाडाै स्थित दशरथ रङ्शालमा   राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी  उद्घाटन गर्दै नेपाल भ्रमण वर्ष २०२० एक भव्य समारोहबीच  शुभारम्भ गर्नुभएको  छ ।

सो समारोहलाई सम्बोधन गर्नु हुँदै  राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लान आग्रह गर्नु भएकाे थियाे । संस्सारका उत्कृष्ट गन्तव्य सगरमाथा, भगवान बुद्धको जन्मस्थल लुम्बिनि, चितवन लगायतका थुप्रै गन्तव्य रहेको बताउनुभएकाे थियाे  ।

साे समाराेहमा  अबसरमा मन्तव्य व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले नयाँ वर्षमा नयाँ आशा र नयाँ उत्साहका साथ नेपाल भ्रमण वर्ष २०२० शुरुवात गरिएको बताउनुभयो ।उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने बाटोमा नेपाल भ्रमाण वर्ष महत्वपूर्ण हुने बताउनुभयो ।

सो अबसरमा नेपाल भ्रमण वर्षको स्टिकर पनि सार्वजनिक गरिएको थियो । सो अबसरमा मन्त्री भट्टराइले एकताको ज्योति हस्तान्तरण गर्नु भयोको थियो ।

उद्घाटन समारोहमा नेपाल भ्रमण वर्ष २०२० को मास्कट पनि सार्वजनिक गरिएको थियो ।