पर्यटककालाई आकर्षण गर्न  हात्तीको पिकनिक !

पर्यटककालाई आकर्षण गर्न  हात्तीको पिकनिक !

लोकसंवाद संवाददाता  |  पर्यटन  |  पुष १७, २०७६

चितवन । हात्ती महोत्सव तथा हात्तीको पिकनिक २०७६  पुस १७ बिहिबारका दिन  आयोजना गरिएको छ । ‘हात्ती मान्छेको साथी’ भन्ने मूल नारासाथ आयोजना गरिएको पिकनिकमा हात्तीले मन पराउने खाना खुवाएर हात्ती वनभोज गराइएको  थियाे ।

 सौराहाको पर्यटन प्रर्वधन गर्ने उद्देश्यले हात्तीका विभिन्न गतिविधिमध्ये  गर्नै क्रममा हात्ती वनभोज  पनि  आयाेजना गरिएकाे हो ।

हातीलाई काम मात्र हाेइन मीठोमठो खानेकुरा पनि खुवाइन्छ भन्ने सन्देश दिन हात्तीका लागि वनभोज गराइएको हो, हात्ती महोत्सवअन्तर्गत हात्ती खेलकुद समितिका संयोजक अन्जन पाण्डेले जानकारी दिनु भएकाे छ 

 हात्तीलाई यातना दिएर होइन मीठामीठा खानेकुरा खुवाएर फकाइफकाई काममा लगाउँछौँ भन्ने सन्देश हात्तीकाे  वनभोज आयाेजना गरिएकाे हाे । हात्ती महोत्सव आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेकाे भनाई थियाे । पिकनिकमा  एउटा हात्तीलाई २५ किलोका दरले खानेकुरा खुवाउने प्रबन्ध मिलाइएकोे छ ।

हात्तीलाई मनपर्ने खानेकुरा उखु, सुन्तला, केरा, गाजरलगायतका फलफूल र धान, भेली, नुन, चनालाई परालमा बेरेर बनाइने कुची दिएर हात्तीको वनभोज गरिएको हो ।

वनभोज कार्यक्रममा चितवनमा रहेका ८५ वटा हात्तीलाई सहभागी गराइएको छ ।

सौराहामा निजी क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीलाई हात्ती वनभोजमा सहभागी गराइएको  आयाेजकले जानकारी  गराइएको छ  । 

हात्तीका लागि आयोजित पिकनिक कार्यक्रम समेत  पर्यटकका लागि आकर्षणकाे विषय हुने गरेकाे छ ।

पर्यटन वर्ष २०२० को पहिलो दिनमै  हात्ती पिकनिक कार्यक्रमले पर्यटक तान्न सहयोग पुग्ने विश्वास लिइकाे  घिमिरेले भन्नुभयाे - हात्ती पिकनिक पछिल्लो समय पर्यटकले मन पराइरहेकाले हेर्नेको घुइँचो  नै लाग्ने गरेकाे छ ।

हात्ती पिकनिकको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले एक कार्यक्रमका बीच हात्तीलाई खाना खुवाएर  कार्यक्रमाकाे उद्घाटन गर्नुभएको थियो ।