पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १७, २०७६

काठमाडौँ   ।  नेपाल आयल निगमले २०७६ पुस १६  राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको  जनाएकाे छ ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर  दुई रुपयाँले वृद्धि गरी मूल्य समायोजन जानकारी  दिएकाे हाे  ।  
    
 निगमका अनुसार पुस १६  प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको  हुनाले बढाउनु परेकाे जनाएकाे छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्यलाई भने यथावत् राखिएकाे छ ।