मनलाई दुःख दिने भावनाहरूबाट मुक्ति पाउने उपाय
पुष १७, २०७६


जीवनको प्रत्येक क्षेत्रमा मानिसलाई सफलता तब मात्र प्राप्त हुन्छ जब उसले आफ्नो जीवनको कुनै लक्ष्य निर्धारित गरेको हुन्छ । उसले आफ्नो जीवन दर्शन पनि निर्धारित गर्नु पर्छ जसले गर्दा उ प्रसन्नता पूर्वक जीवन यापन र्गा सकोस् । यदि उ शान्ति पूर्वक जीवनयापन गर्न चाहन्छ भने उसले आफ्नो मनलाई दुःख कष्ट पुर्‍याउने भावनाहरूबाट मुक्ति पाउने उपाय सोच्नु पर्छ र आफ्नो अस्तित्व शान्ति तथा आध्यात्मिकयतामा निर्भर छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । त्यसको लागि उसले एकान्तबाट शक्ति र बुद्धिको सञ्चय गर्नु पर्दछ । 

जसरी शरीरलाई स्वास्थ्य राख्न सन्तुलित खुराकको आवश्यकता पर्दछ त्यसरी नै आत्मालाई सन्तुलित राख्न शुद्ध एवं पवित्र विचारहरूको खुराक दिनु आवश्यक हुन्छ । अन्यथा आत्माले मानसिक पिडाको दुःख सहन गर्नुपर्ने हुन्छ । 

जसको मन सुदृढ तथा विचारहरू सकारात्मक छन् त्यस्तो व्यक्ति अरूको नकारात्मक भावनाबाट प्रभावित हुँदैन । मानिसका पूर्व जन्मका प्रवृत्तिहरू यस जन्ममा सँगै आएका हुन्छन् । ती प्रवृतिहरुलाई आफ्नो सकारात्मक विचारहरू तथा प्रेमको माध्यमबाट आवृत्त गर्नु पर्दछ । जबसम्म भौतिक पदार्थहरू प्रतिको उसको आकर्षण रही रहन्छ तब सम्म उ काम, क्रोध, लोभ,मोह जस्ता दुर्गुणहरूबाट मुक्त हुन सक्दैन । त्यसैले यी सबै गुणहरूबाट हुने संसार प्रतिको आकर्षणलाई प्रेम तथा भक्तिको माध्यमबाट ईश्वर विमुख बनाउन सक्नु पर्छ । 

इन्द्रियहरूमा आशक्ति छ भने आत्मलाई पवित्र जीवन प्राप्त हुन सक्दैन इन्द्रिय जन्म कामनाहरू सदा अतृप्त हुन्छन् र अधिक भोगको इच्छा राख्दछन् । भौतिक सुखको आनन्द, व्यक्तिसँगको मोह माया एवं कोलाहल पूर्ण गतिविधिहरूबाट मानिसमा जुन थकान उत्पन्न हुन्छ त्यसको पूर्तिका लागि उसले एकान्तको शरण लिनु आवश्यक हुन्छ । जसरी श्रम पछि पुनः शक्ति प्राप्त गर्न विश्रामको आवश्यकता पर्दछ त्यस्तै आत्मालाई पनि एकान्तमा चिन्तन गर्नु आवश्यक छ । एकान्त एक यस्तो स्थिति हो जहाँ मानिसले वास्तविक स्वरूपको साक्षात्कार गर्दछ, आफ्नो शक्ति, सम्भावना तथा प्रकृतिको सत्य स्वरूपलाई जान्दछ । त्यसैले एकान्त बिना आध्यात्मिक विकास सम्भव छैन । एकान्तमा बसेर ईश्वरको चिन्तन गर्दा प्राप्त हुने आनन्द पुस्तक पढेर र प्रवचन सुनेर हुँदैन । 

मानव जीवन प्रकृतिको अटल नियमले बाँधिएको छ, त्यसलाई पृथक् गर्न सकिन्न । मानिसले आफ्नो जीवन सरल तरिकाले यापन गर्दछ भने उसको जीवन शान्त र सुखमय हुन्छ, परन्तु उसको जीवन लोभ, लालच तथा अभावले युक्त छ भने उसले कहिल्यै पनि सुख प्राप्त गर्न सक्दैन । मानिसलाई जे चीज नैसर्गिक रूपमा प्राप्त भएको छैन उसलाई त्यसको आवश्यकता पनि छैन । लोभ, मोह, तृष्णा आदि जीवनका आवश्यकता होइनन्, यिनीहरू नै दुःखका मूल कारक हुन । यिनीहरूले पारमार्थिक मार्गमा अवरोध पुर्‍याई रहेका हुन्छन् । यदि त्यो अवरोध हटाउने प्रयत्न गरिएन भने भौतिक कामनाको वृद्धि हुदैं जान्छ र पारमार्थिक मार्ग अन्धकारमय बन्दछ । 

मानिसलाई भाैतिक पदार्थको आवश्यकता पर्दा उसले त्यसको मूल्य चुक्ता गर्नु पर्दछ, त्यस्तै आत्मिक वस्तु –आनन्द, विश्वास, शान्ति आदि प्राप्त गर्न पनि त्यसको समतुल्य सबै चीज दिएर मात्र प्राप्त गर्न सकिन्छ ।  उसले आध्यात्मिक वस्तु प्राप्त गर्न सूक्ष्म वस्तु मूल्यको रूपमा चुक्ता गर्नु पर्दछ । त्यसको लागि उसले कामना, अहङ्कार, विलासिता जस्ता कुराहरू त्याग्नु पर्दछ । जसले क्रोध, लोभ, अभिमान, विलासिता जस्ता दुर्गुणहरू त्याग्न सक्दैन त्यस्तालाई आत्मिक सुख प्राप्त हुदैंन । 

ईश्वरले मानिसलाई इन्द्रियहरू, मन एवं भावनाहरू दिनुभएको छ ता कि उ अरूसँग आफ्ना भावनाहरू व्यक्त गर्न सकोस् , एकआर्कोलाई बुझ्न सकोस् । यी मानवीय भावनाहरू परिस्थिति अनुसार मानिसलाई क्रिया तथा प्रतिक्रियाको लागि प्रेरित गर्दछन् । ईश्वर चाहनुहुन्न –मानिस संसारबाटै निमुखा बनोस् । परन्तु उ आफ्ना भावनाहरू माथि नियन्त्रण गरेर रहोस् भन्ने चाहानुहुन्छ । स्नायु तन्त्रहरूमा नियन्त्रण भएन भने संवेदनशीलता अभिव्यक्त हुन्छन् । जब मानिसमा नकारात्मक स्पन्दन प्रसारित हुन्छन् त्यसको प्रतिक्रिया स्परुप मानिसमा क्रोधको भावना उत्पन्न हुन्छ जुन उसको आँखा, बोली, मांसपेशीहरू आदिका माध्यमबाट व्यक्त हुन्छ । जीवनको लक्ष्य दुर्व्यवहार गर्नु तथा उत्तेजित हुनु हैन । यस्तो अवस्थामा जसले आफूलाई नियन्त्रणमा लिन सक्छ वास्तवमा जसले आफूलाई नियन्त्रणमा लिन सक्छ वास्तवमा त्यही संयमी भनिन्छ । 

जसको मन सुदृढ तथा विचारहरू सकारात्मक छन् त्यस्तो व्यक्ति अरूको नकारात्मक भावनाबाट प्रभावित हुँदैन । मानिसका पूर्व जन्मका प्रवृत्तिहरू यस जन्ममा सँगै आएका हुन्छन् । ती प्रवृतिहरुलाई आफ्नो सकारात्मक विचारहरू तथा प्रेमको माध्यमबाट आवृत्त गर्नु पर्दछ । जबसम्म भौतिक पदार्थहरू प्रतिको उसको आकर्षण रही रहन्छ तब सम्म उ काम, क्रोध, लोभ,मोह जस्ता दुर्गुणहरूबाट मुक्त हुन सक्दैन । त्यसैले यी सबै गुणहरूबाट हुने संसार प्रतिको आकर्षणलाई प्रेम तथा भक्तिको माध्यमबाट ईश्वर विमुख बनाउन सक्नु पर्छ । 

मानिसले आफ्ना दैनिक जिम्मेवारीहरू छोड्नु पर्दछ भन्ने होइन , आफ्ना दैनिक जिम्मेवारीहरू पुरा गर्दा गर्दै पनि मनमा ईश्वरलाई सम्झिराख्नु पर्छ । जुन मानिसले आफ्नो हृदयमा विद्यमान ईश्वरलाई विर्सिदैन त्यस्ता व्यक्तिको ईश्वर प्रतिको प्रेम भाव अत्यन्त प्रगाढ हुन्छ र उसले आफ्ना कर्महरू गरिरहँदा पनि ईश्वरको स्मरण गर्दछ । वास्तवमा मानिसले शरीरले होइन आफ्नो मन तथा बुद्धिले काम गर्दछ । यदि मन तथा बुद्धि सदैव ईश्वरको चिन्तनमा मग्न रहन्छन् भने स्वभावतः इन्द्रियहरू पनि ईश्वरको सेवामा लाग्दछन् । त्यस अवस्थामा मानिसको मनलाई दुःख पुर्‍याउने सबै प्रकारका भावनाहरू स्वतः नष्ट भएर जान्छन् र उ परमानन्दको अनुभूति गर्न थाल्दछ ।