गाँजा सहित ६ जना प्रहरी नियन्त्रणमा

गाँजा सहित ६ जना प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १७, २०७६

बारा, निजगढ नगरपालिका–९ सहिद चोकबाट अवैध लागूऔषध  करिब १० किलो गाँजा सहित महोतरीसितापुर नगरपालिका–१४ गोदार बस्ने ३० वर्षीया ममता कार्की समेत ५ जनालाईबिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना.५ ख ६६१९ नम्बरको बस जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

पर्सा,वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भारत पूर्वी चम्पारनमोतिहारी जयसिनपुर–१२ बिशुनपुर्वा बस्ने ५० वर्षीय राजेश महतोलाई अवैध लागूऔषध गाँजा करिब ४.५ किलो सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममामहतोलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।