नक्कली प्रहरी बनी धम्क्याउँदै हिडिरहेका दुईजना नियन्त्रणमा

नक्कली प्रहरी बनी धम्क्याउँदै हिडिरहेका दुईजना नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १७, २०७६

काठमाडौं । ‘हामी ब्यूरोको प्रहरी हौं’ भन्दै धम्क्याउँदै हिँडेको अवस्थमा २ जनालाई कागेश्वरी नगरपालिका–७ मुलपानी थापागाउँबाट बुधबार साँझ  पक्राउ गरेको  नेपाल प्रहरीले जनाएकाे छ । 

यसरी पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमितश्रेष्ठ र सोही स्थान च्यामासिङ बस्ने २९ वर्षीय राजकुमार नेपाल रहेकाे जनाइएकाे छ । 

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बा.८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स ४ थान, मोवाईल ४ थान, चाँदीको सिक्री १ थान र नगद २१ हजार ९ सय ३५ रुपैयाँ सहित फेला पारी नियन्त्रणमा लिएको  जानकारी दिइएकाे छ । 

यस सम्बन्धमा  थप अनुसन्धान भइरहेकाे  प्रहरीले  जनाएकाे छ ।