पेस्तोल र गोली सहित राजकुमार प्रहरी नियन्त्रणामा

पेस्तोल र गोली सहित राजकुमार  प्रहरी नियन्त्रणामा

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १७, २०७६

दाङ । दाङ घोराही उपमहानगरपालिका प्रगतिटोल बडराबाट रोल्पा परिवर्तन गाउँपालिका–५ राङकोट घर भएका ३४ वर्षीय राजकुमार दमाईलाई कटुवा पेस्तोल १ थान र सो को गोली १ थान सहित २०७६पुस १६ गते बुधबार साँझ पक्राउ गरेको नेपाल प्रहरीले जनाएकाे  छ ।

घोराही उपमहानगरपालिका–१५ बीपी चोक बस्ने ४८ वर्षीय एक पुरुषलाई धम्की दिई १३ लाख रुपैयाँ चन्दा मागेको र पीडितले  ३ लाख रुपैयाँ लिएर राजकुमारलाई भेट्न प्रगितिटोल बडरा गएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पिछा गर्दै उक्त हतियार र लु.५६ प ८०६७ नम्बरको मोटरसाइकलसहित फेला पारी राजकुमारलाई  नियन्त्रणमा लिएकाे नेपाल प्रहरी जानकारी दिएकाे छ ।