सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १७, २०७६

काठमाडाैँ । रुपन्देही, बारा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । 

रुपन्देही,रोहिणी गाउँपालिका–३ बसन्तपुरस्थित सडकमा लु१ ख ३९५५ नम्बरको ट्रकले लु.३६ प३४३१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकओमसतिया गाउँपालिका–४ बस्ने२२ वर्षीय मन्जित हरिजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।  दुबै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा प्रहरी जनाएकाे छ ।

यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका–१० बेसक्याम्प चोकस्थित सडकमा बा.१८ च ४५६१ नम्बरको कारलेलु.२२ प १८२३ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकीस्कुटरमा सवार सोही उपमहानगरपालिका–११ देविनगर बस्ने २३ वर्षीया सपना पौडेलको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार रहेकाकार चालकको खोजी कार्य प्रहरी जनाएकाे छ ।

बारा,कलैया उपमहानगरपालिका–२४ सखुईस्थित सडकमा ना।६५ प ९३० नम्बरको मोटरसाइकल बुधबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक महागढिमाई नगरपालिका–११ बस्ने २२ वर्षीय गणेश साह सुनारको उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको छ । 

धादिङ, थाक्रे गाउँपालिका–१ अछेतेस्थित सडकमा बा.५ ख ७९८७ नम्बरको ट्रकले सोही गाउँपालिका–१० बस्ने ३४ वर्षीय सुमनतामाङलाई बुधबार राति  ठक्कर दिंदा घटनास्थलमै मृत्यु छ । ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । 

दुघटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान नेपाल प्रहरी जनाएकाे छ ।