लागूऔषध सहित ४ जना प्रहरी नियन्त्रणमा

लागूऔषध सहित  ४ जना प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०७६

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका–२ सानेपाबाट अबैध लागूऔषध सेतो हेरोईन जस्तो देखिने पदार्थ करिब ९७ ग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं वुढानिलकण्ठ नगरपालिका–४ पासीकोट बस्ने कास्की अन्नपूर्ण गाउँपालिका–१० घर भएका ५५ वर्षीय मिन बहादुर गुरुङ र काठमाडौं महानगरपालिका–२९ ठमेल बस्ने मनाङ नेस्याङ्ग गाउँपालिका–६ घर भएका ३१ वर्षीय सोनाम घले रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा घलेको साथबाट १.५  ग्राम र गुरुङको साथबाट २५.५ ग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा गुरुङको कोठाबाट थप ७० ग्राम सेतो हेरोईन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो । 

उदयपुर, कटारी नगरपालिका–६ चुहाडे बस्ने गेहेन्द्र भन्ने ४१ वर्षीय गंगा राईलाई अवैध लागूऔषध गाँजा करिब २ केजी र सोही ठाउँ बस्ने १९ वर्षीय देव कुमार राईलाई अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको  छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।