जुवातासको खालबाटै गोपी कुँवर सहित  १० जना प्रहरी खाेरमा !

जुवातासको खालबाटै गोपी कुँवर सहित  १० जना प्रहरी खाेरमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०७६

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित बा.२ ख ६२०५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौं जडीबुटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भएका ३० वर्षीय गोपी कुँवर सहित लगायत १० जनालाई नगद १ लाख ६३ हजार ४ सय १५ रुपैयाँ र २ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।