जुम्लामा एउटै कुलोको पानीबाट घट्ट, बिजुली र सिंचाइ उत्पादन

जुम्लामा एउटै कुलोको पानीबाट घट्ट, बिजुली र सिंचाइ  उत्पादन

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २०, २०७६

जुम्ला । जुम्लामा एउटै कुलोको पानीबाट घट्ट सञ्चालन, बिजुली उत्पादन र सिंचाइ गरिएको छ । 

तिला गाउँपालिकामा पर्ने दुर्गम पुरुगाउँ टुकीमा निर्भर थियाे । यो गाउँमा बत्ती बलेपछि झिलीमिली उज्यालो छाएको छ । वन तथा बातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थानीय संस्था पेस नेपालले ‘खाद्य सुरक्षा र जलवायु अनुकूलताको क्याप्स कर्णाली’ परियोजनाअन्तर्गत  सो कार्य सम्पन्‍न भएको हो । 

गाउँको १६ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको वडा नं ७ का  वडाध्यक्ष सन्तवीर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कुलोबाट ११ किलोवाट बिजुली पनि निकालिएको छ । जम्मा ११८ घरधुरी रहेको सो गाउँमा पक्की कुलो निर्माणपछि बिजुली बत्ती निकालिएको लसुनडाँडी बहुउद्देश्यीय सिँचाइ योजनाका सचिव नरेन्द्र विकले बताउुभयो । उहाँका अनुसार सिंचाइ, बत्तीसँगै घट्ट पनि सञ्चालनमा ल्याउने तयारी थालिएको छ । 

५२ लाख रुपैयाँ लागतमा कुलोको निर्माण सम्पन्न भएको पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले जानकारी दिनुभयो । सिँचाइ, बिजुली र  घट्टले आर्थिक जीवन माथि उकास्‍ने गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।