भौतिकवादीहरूको अपराधले मासियो ‘पुर्खाको ज्ञान !’

हाम्रा पुर्खाको ज्ञान अचम्मको छ ।  अचम्मको ज्ञान किन भने उनीहरूको ज्ञान पढी जान्ने भन्दा पनि परी जान्ने छ । पश्य जान्ने छ । वेदीय ज्ञान देखे जस्तो । अर्थात् ब्रह्ममा सर्वत्र ज्ञान छ भनी बुझेजस्तो । हामीले पढी जान्ने ज्ञानको कुरा गर्‍यौं । परी जान्नेको ज्ञानलाई पनि त्यति मान गरेनौँ । अर्थात् हामीले पुर्खाको ज्ञान काम लाग्दैन भन्ने सोच बोक्यौँ । बोकायौँ । उपनिवेशवादी अङ्ग्रेजहरूले थोपरिएको ज्ञान । त्यही सोचले गरेको अपराध कर्म हामी भोगिरहेका छौँ । 

लर्ड मेकालेको सन १८३५को दस्ताबेजले हाम्रा पूर्खामारा काम गर्‍योे । त्यसले भन्यो –तिम्रा पुर्खाको ज्ञान केही पनि छैन । हाम्रै ज्ञान मात्र ठिक छ भन्यो ।  हामी त्यही बुद्धिका दास भयौँ । यस अर्थमा स्याल बन्यौँ । हामीले हाम्रा ज्ञानहरूको विश्लेषण पनि गरेनौँ । खोजतलास पनि गरेनौँ ।  उदाहरणको लागि भनौँ – नेपालमा विभिन्न देवीदेवताहरू छन् । ऋषिमुनीहरु पनि थिए । विश्वामित्र यही थिए । वशिष्ठ पनि यही थिए । व्यास पनि यही थिए । के थियो त तिनका ज्ञान भनेर हामीले कहिल्यै पनि खोजेनौ । 

त्यसको साटोमा हामी अब्राहम लिङ्कनले यो भने भन्न थाल्यौँ । आइन्स्टाइनले यो भने भन्न थाल्यौँ । पश्चिमाले त्यही भनिदिए । हामीले त्यही घोकी रहयौं । त्यही घोकेको र घोकाएको कारणले गर्दा हाम्रो ज्ञान मर्‍यो । मारियो । जानेर । अनजानमा । नियत बस । 

हामीले प्रमाणित गरेर देखाउन नसकेका न हाै‌ं । लिखत नराखेका न हौँ । घट्टको डिजाइन बनाउने मान्छे को थियो होला ? कसैलाई थाहा छैन । जाँतो बनाउने मान्छे को थियो होला ? त्यो पनि थाहा छैन । ढिकी बनाउने मान्छे को थियो होला ? त्यो पनि थाहा छैन । तर हामीलाई बिजुली बत्ती माईकलफराडाले बनाए भन्ने चाहिँ थाहा छ । 

हामी भौतिकवादी चिन्तक भन्नेहरूले पश्चिमाकै समर्थन गर्‍यो । कम्युनिस्ट साथीहरूले यो काममा तीव्रता दिए । यस मनेमा उनीहरूले अर्को अपराध गरे (मैले अपराध नै भन्ने गर्छु)।  किनकि उनीहरूले पनि पश्चिमाले झैँ भनिदिए– हाम्रा ज्ञानहरू अवैज्ञानिक हुन । परम्परागत हुन ।  हामीले ढ्याङ्ग्रो ठटाउँदा परम्परागत भयो । त्यसमा कम्प्युटर जोडेर कोलेस्ट्रोल यति घट्यो । रक्तचाप यति घट्यो भन्दा वैज्ञानिक भयो । हामीले चैत वैशाखमा खट्टे खानुपर्छ भन्दा अवैज्ञानिक भयो । माघमा घिउ तथा चाकु खानुपर्छ भन्दा अवैज्ञानिक भयो । पश्चिमाले बेला बेलामा खाना फेरेर खानुपर्छ भन्दा वैज्ञानिक भयो । मङ्सिरमा काँक्रो खायो भने मुक्ति पाइन्छ भन्दा अवैज्ञानिक भयो । भदौमा पाकेको काँक्रो मंंसिरसम्म बारीमै राख्दा खेरी त्यसमा अमिलोको मात्रा कति हुन्छ । त्यसले स्वास्थ्यमा के असर पार्छ भन्ने बारेमा शोध नै गरेनौँ । अर्थात् मंंसिरमा काँक्रो खाँदा किन गति परिन्छ भने भन्ने कुरामा हामीले विज्ञानमा खोजेनौँ । खोजाएनौँ । उल्टै टनेल खेतीमा नै बाह्र मासे काँक्रो फलायौँ । त्यसो हुँदा पुर्खाले बनाएको ज्ञानलाई हामी भौतिकवादी चिन्तकहरूले नकारात्मक ढङ्गबाट हेर्‍यौं । 

अर्थात् पश्चिमाले खोजी गर्‍यो । हामीले गरेनौँ । उदाहरणको लागि –हाम्रो घट्टेले एक समाहा पानी झार्‍यो । एक समाहा पानीबाट उसले त्यत्रो घट्ट चलायो ।  त्यसले चलाएको घट्टलाई वैज्ञानिक कुरा हो भनेर भन्न सकेनौँ । घट्ट बनाउनेको नाम समेत जान्न सकेनौँ । घट्ट बनाउनेले गुरुत्वाकर्षण पढेको थियो होला । पानीको चाप पढेको थियो होला । दुरी पढेको थियो होला । यस मानेमा घट्टे इन्जिनियर थियो होला ।  गणितज्ञ पनि थियो होला । वैज्ञानिक पनि थियो होला । 

घट्टमा विज्ञान के छ ? हामीले कहिल्यै पनि खोजेनौँ । नखोज्नुको पछाडि हाम्रो अभिमुखीकरण दोषी छ । चिन्तन दोषी छ । साधनको अभाव पनि भयो होला ।  उसले भनेको हामीले पत्याई दिनुपर्छ भन्ने दृष्टिकोण पनि भएन होला । पश्चिमाहरूको आक्रमण पनि होला । तेरा कुरा अवैज्ञानिक हुन भन्ने आक्रमण । पश्चिमाहरूले धर्मान्तरण गराउन अपनाएको सांस्कृतिक आक्रमण जस्तो । हिन्दुका धेरै देवता छन् । बुद्धिस्टका महँगा संस्कार छन् भन्ने गरेको जस्तो । उनले भनेको त्यो कुरा हाम्रा मान्छेहरूले पत्याएका पनि छन् । आफूमा नखोजेर । विकल्प नचिनेर । 

हाम्रा पुर्खाले भनेका थिए–देवता एक पनि हो । अद्वैत वाद । दुई पनि हो । द्वैतवाद । धेरै पनि हो । वहुलवाद । सबै एक हो । एकात्मवाद । सबै अनेक पनि हो । अनेकतामा एकतावाद । सबै एक पनि हो । एकतामा अनेकतावाद । यसरी हिन्दु पुर्खाले छ वटा कुरा एकसाथ भनेका थिए । एउटा देवता भन्दा ब्रह्म ऊर्जा (cosmic energy) भनेका थिए । दुइटा देवता भन्दा ऊर्जा र पदार्थ भनेका थिए । तीन वटा देवता भन्दा सृष्टि,स्थिति र संहार भनेका थिए ।  बहु देवता भन्दा माटो पनि देवता हो । ढुङ्गा पनि देवता हो भनेका थिए  । हाम्रा भौतिकवादी र पश्चिमाहरूले भन्दिए – ढुङ्गा कसरी देवता हुन सक्छ ? माटो कसरी देवता हुन सक्छ ? नदी कसरी देवता हुन सक्छ ? रुख कसरी देवता हुन सक्छ ? हिन्दु पुर्खाले देवतालाई जीवनसँग टाँसेका थिए । जीवनसँग टाँस्ने बित्तिकै रुखको उपयोगिता छैन र ? त्यो जीवित होइन र ? वेद र उपनिषदले रुखलाई अर्धचेतन जीव माने । ढुङ्गालाई अचेतन जीव माने । 

रुख जीवित हो भनेर जगदीशचन्द्र बोसले पत्ता लगाए । हामलिे त्यही पढ्यौँ । त्यही पढायौँ । तर छान्दोग्यपनिषदले जमानामा त्यो कुरा भनेको थियो । हाम्रा मान्छेले छान्दोग्यपनिषद बिर्सिई सके । पश्चिमाहरूले चाहिँ जगदिशचन्द्रबोसलाई समाते । अनि मात्र रुखमा प्राण छ भन्न जाने । तेरो ज्ञान प्रमाणित छैन भन्दा हामीले पश्चिमालाई प्रमाण देखाउन सकेनौँ । त्यसैले छान्दोग्यपनिषद प्रमाण बनेन । जगदीशचन्द्र बोस प्रमाण बने । बनाइए । ढुङ्गा पनि देवता हो भन्दा हाम्रा मान्छेले ढुङ्गामा पनि ज्यान छ भनेका हुन ।  त्यही हुनाले मूर्तिमा प्राण प्रतिष्ठा गर्न सकिन्छ भन्ने संस्कार बनेको छ ।  प्रतिष्ठा भनेर भनेको त मन्त्र पढ्ने हो । मन्त्र पढ्ने भनेको ढुङ्गाले बुझ्ने बोली हो ।  त्यसमा प्राण सञ्चार गराउने तरिका हो । तब न ढुङ्गाले पनि वरदान दिन सक्छ । हामीले प्रमाणित गरेर देखाउन नसकेका न हाै‌ं । लिखत नराखेका न हौँ । घट्टको डिजाइन बनाउने मान्छे को थियो होला ? कसैलाई थाहा छैन । जाँतो बनाउने मान्छे को थियो होला ? त्यो पनि थाहा छैन । ढिकी बनाउने मान्छे को थियो होला ? त्यो पनि थाहा छैन । तर हामीलाई बिजुली बत्ती माईकलफराडाले बनाए भन्ने चाहिँ थाहा छ । 

मैले न्याउली बाजा पश्चिमी दुनियकाें उपज ठानेँ । त्यस्तै बाजा जुम्लाको सिंजामा जुम्ली दलितहरूले मज्जासँग बनाउने रहेछन् । त्यो त खस राजाको पालाको पो रहेछ । पुरानो चलन चल्ती । त्यो बेलाको राजा रजौटाहरूले सपना देखे । दलितहरूलाई यसो गर भने । त्यो आदेश दिने को हो ? निर्माण गर्ने को हो? यस्तो कुराको लिखत नराख्ने हामीहरू बदमास रहेछौँ ।  मान्छे मर्‍यो भने उसको चिना पनि जलाइ दिने चलन गरेछौँ । नामको निम्ति के काम गर्ने र ? भोलि जन्मनु नै छ । नामले के हुन्छ र ? भन्ने मान्यता बोकेका छौँ ।

पश्चिमाले हरेक कुराको लिखत राखे । लिखत राख्ने भनेको त हामीले नै हो ।  पढेलेखेकाले हो । परिणामतः हाम्रो त्यत्रो ज्ञान परम्परा टुङ्गियो । त्यसका दोषी हुन – पश्चिमी साम्राज्यवादी जसले हाम्रा ज्ञानलाई अप्रमाणित स्वैत कल्पना भनिदिए । दोस्रा दोषी भौतिकवादीहरू हुन जसले आफ्नै पुर्खाका ज्ञानलाई पनि हावादारी हो भनी दिए । तेस्रा दोषी हामी जस्ता मान्छेहरू हौँ जो पश्चिमी प्रमाणित कुरालाई मात्र वैज्ञानिक हुन भन्न भनाउन लागिपरेका छौँ । हाम्रो कुरामा के तथ्यता रहेछ भनी खोज्ने काम नै गर्दैनौँ ।  चौंथा दोषीहरू व्यक्ति हौँ । जसले लिखत राख्न सक्थ्यो तर राखेनौ । उदाहरणको लागि दलित सङ्ग्रहालयको कुरा लिउन् । त्यसले जानकारी दिन्छ –पान सुपारी राख्ने भाँडो यस्तो भए हुन्थ्यो भनेर राजा महाराजाले भने । दुई तीन जना दलितहरूले त्यसको डिजाइन बनाए । आदेश दिनेसंगैं परीक्षण गरे । गराए । अन्ततोगत्वा उसले भयो भनेपछि व्यापक बनाए । 

मैले न्याउली बाजा पश्चिमी दुनियकाें उपज ठानेँ । त्यस्तै बाजा जुम्लाको सिंजामा जुम्ली दलितहरूले मज्जासँग बनाउने रहेछन् । त्यो त खस राजाको पालाको पो रहेछ । पुरानो चलन चल्ती । त्यो बेलाको राजा रजौटाहरूले सपना देखे । दलितहरूलाई यसो गर भने । त्यो आदेश दिने को हो ? निर्माण गर्ने को हो? यस्तो कुराको लिखत नराख्ने हामीहरू बदमास रहेछौँ ।  मान्छे मर्‍यो भने उसको चिना पनि जलाइ दिने चलन गरेछौँ । नामको निम्ति के काम गर्ने र ? भोलि जन्मनु नै छ । नामले के हुन्छ र ? भन्ने मान्यता बोकेका छौँ ।

हामी चक्रीय सिद्धान्तमा चल्ने रहेछौँ । धर्सीय सिद्धान्त पश्चिमाले बोक्दा रहेछन् । त्यसैले उनीहरूले आज यो जन्मियो, यो गर्छ त्यो गर्छ भनेर हरेक कुराको लिखत राखे । हामीलाई त भाउजूको नाम पनि थाहा छैन ।  बाजे बज्यैको पनि न्वारानको नाम भए पुग्छ ।  त्यो पनि श्राद्धमा । 

हामीले मौखिक कुरा बोक्यौँ । लिखित नभएपछि प्रमाणित भएन । उदाहरणको लागि वेद लाई लिउन्– वेद कति वर्ष पुरानो भनेर सोध्यो भने बोल्न सक्ने ठाउँ छैन । सृष्टि गताब्ध हो कि ? सुरु मनुको बेलाको हो कि ? अनन्त सृष्टिको बेलाको हो कि ? यसो भन्न हामीसँग कार्बन डेटिङ्ग छैन । कार्बनडेटिङ्गबाट हामी पछि देखिन्छौँ । सृष्टिगताब्ध  भन्दा चाहिँ करोडौँ वर्ष हुन्छ । 

वेद के हो भन्दा हामीले भनिदियौँ– पुर्खाहरूले देखेको कुरा  । लेखेको कुरा होइन । देख्ने को हुन भनी हामीले भन्नु पर्ने हो नि । कहिले देखे भन्नुपर्ने हो नि । तर त्यो पनि भनेनौँ । मन्त्र द्रष्टा ऋषि हुन भन्यौँ । त्यो ऋषिले त देखेको हो भन्यौँ । उसको नाम अलिअलि गरेर टिपेर राख्यौँ । यसको अर्थ हो– हाम्रा परम्परागत ज्ञानहरूको लिखत छैन । लिखत नराखेको कारण हामीसँगको संस्कृति पनि हो । लिखित नजानेर त होइन होला । हाम्रा मान्छेले भित्तामा त लेखेर राखिदिने गर्थे । भित्ताको चित्र त यो फलानोले बनाएको हो भन्न मिल्थ्यो नि । तर त्यो पनि गरिएन । अब त गरौँ न !