बैंक ह्याकिङ गर्ने कार्यमा सम्लग्न व्यक्ति प्रहरी नियन्त्रणमा

बैंक ह्याकिङ गर्ने कार्यमा सम्लग्न व्यक्ति प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २०, २०७६

काठमाडौं । कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको प्रकरणमा ह्याकिङ गरेको १ करोड रुपैयाँ सहित फरार रहेका मोरङ रंगेली नगरपालिका–२ का ४३ वर्षीय दिपक नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  

नाइजेरियन र भारतीय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्व रुपैयाँ (५० मिलियन डलर) भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई बिभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको उक्त रकम निकाली फरार नेपाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

नेपाललाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको उक्त महाशाखाले जनाएको छ ।