६ हजार नक्कली भारतीय रुपैयाँ सहित पक्राउ !

६  हजार नक्कली भारतीय रुपैयाँ सहित पक्राउ !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २०, २०७६

पर्सा । बीरगंज महानगरपालिका–८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट  सोही महानगरपालिका–१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ सहित उनलाई नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।