जबरजस्ती करणाी मुद्दाका फरार अभियुक्त प्रहरीकाे फन्दामा

जबरजस्ती करणाी मुद्दाका फरार अभियुक्त प्रहरीकाे फन्दामा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २०, २०७६

पर्सा । जिल्ला अदालत पर्साको २०७६ जेठ १४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार रहेका पर्सा सखुवाप्रसौनी गाउँपालिका–८ बस्ने ५० वर्षीय दरौगा मिया धुनियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी सोही अदालतको २०७२ माघ १८ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका पर्सा छिपहरमाई गाउँपालिका–५ घर भएका ४५ वर्षीय दिनेश प्रसाद साह कानुलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।