अवैध लागूऔषध गाँजा सहित २ पक्राउ

अवैध लागूऔषध गाँजा सहित २ पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २०, २०७६

मकवानपुर । हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गबाट करिब २१ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर०६ बीजी ९५१२ नम्बरको भारतीय नम्बरको कारबाट ५ वटा पोकामा ल्याउँदै गरेको उक्त लागूऔषध गाँजा र कार सहित चालक धनुषा मुखियारपट्टी गाउँपालिका–६ मुसहरनिया बस्ने ४२ वर्षीय अशोक कुमार यादवसमेत २ जनालाई फेला पारी नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।