फलामको डण्डी चोरी गर्दै गरेको अवस्थामा ३६ वर्षिय विक पक्राउ

फलामको डण्डी चोरी गर्दै गरेको अवस्थामा ३६ वर्षिय विक पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २०, २०७६

काठमाडौं । कीर्तिपुर नगरपालिका–४ पुष्पलाल पार्कस्थित बारा गढीमाई नगरपालिका–७ का ३१ वर्षीय जिमा लाल यादवको निर्माणाधिन घरबाट फलामको डण्डी चोरी गर्दै गरेको अवस्थामा ललितपुर महाङ्काल गाउँपालिका–३ बस्ने ३६ वर्षीय विनोद विश्वकर्मालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा बा.३ च ७१९८ नम्बरको गाडी प्रयोग गरी करिब ४ सय किलो फलामको डण्डी चोर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।