प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २०, २०७६

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट वारुदखानास्थित सडकबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुर भिमफेदी गाउँपालिका–३ घर भई दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगरलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

सोही स्थानमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा. ३० प ८६८९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारी कागजपत्र माग्दा उक्त नगद दिन खोजे पश्चात नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।