घिमिरेको 'अन्तिम प्रश्न' माथिकाे बहस विर्तामोड र इटहरीमा

घिमिरेको 'अन्तिम प्रश्न' माथिकाे बहस विर्तामोड र इटहरीमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २१, २०७६

सुनसरी  । पूर्वमुख्य सचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत भोजराज घिमिरेको कथाकृति 'अन्तिम प्रश्न'माथि झापाको विर्तामोड र सुनसरीको इटहरीमा समिक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको छ ।

विर्तामोडमा सम्पन्न अन्तर्क्रिया मा टिप्पणीकर्ता तथा समीक्षकहरुले घिमिरेका कथाको शैली परंपरागत भए पनि विषयमा विविधता रहेको बताउनुभयाे ।

समीक्षक घनेन्द्र ओझाले घिमिरेका कथाले विगत केही दशकदेखि हालसम्मको नेपाली समाजको चित्र प्रस्तुत गर्नुभएकाे थियाे । ओझाले घिमिरेका कथा नेपाली परिवेशमा सीमित नरही विश्व परिवेशमा पनि लेखिएक उल्लेख गर्नुभएकाे धारणा राख्नु भएकाे  थियाे । 

समीक्षक केशव खनालले कृतिमा समेटिएका १६ वटै कथाको विभिन्न कोणबाट समीक्षा गर्नुभयाे भने  नेपाली कथा साहित्यमा उक्त कृति उल्लेखनीय रहेको उनको भनाइ उहाँकाे थियो ।

शिरो सान्दाइले घिमिरेको व्यक्तित्व र साहित्यकारिताबारे विस्तृतमा प्रकाश पार्नु भयाे भने  अत्यन्तै इमान्दार र मिहिनेती स्वभाव भएका घिमिरे प्रशासनिक क्षेत्रको उच्च तहमा पुगेका, कूटनीतिक क्षमता पनि प्रदर्शन गरिसकेका र हाल साहित्यको विकास र समृद्धिमा केन्द्रित भएका सान्दाइले उल्लेख गर्नुभयाे ।

समालोचक महेश पौड्यालकाे विश्व साहित्यको माहोलमा नेपालमा पनि नयाँनयाँ प्रयोग भइरहेका उल्लेख गदै भोजराज घिमिरेले आफूलाई कतै परंपरागत धारमा त कुनै कथामा आधुनिक शिल्पसहित नयाँ प्रयोगतर्फ उन्मुख गराएको रहेकाे भनाई  थियाे ।

यसरी नै १९ पुसमा इटहरीमा सम्पन्न कार्यक्रममा समीक्षक डा‍. इन्दिरा मिश्र र शरणकुमार राईले टिप्पणी गर्नु भयाे ।  डा. मिश्रले घिमिरेका कथा नेपाली ग्रामीण परिवेशका चित्र भएको उल्लेख गर्दै केही विषयमा कथाकारले परिमार्जन गर्नुपर्ने बताइन् । उनले लैंगिक समानताका विषयलाई अलिक प्रभावकारी रुपमा प्रस्तुत गरिएको भए राम्रो हुने सुझाव दिनुभयाे ।

समीक्षक राईले विश्वविद्यालयका पाठ्यक्रममा राख्न योग्य केही कथा संग्रहमा रहेका भन्दै प्रस्तुति शिल्प र विषयहरु निकै सुन्दर रहेको ठहर थियाे । 

कथाकार घिमिरेले आफूले देखेका, भोगेका र अनुभव गरेका विषय नै साहित्यमा आउने उल्लेख गर्दै आफूले पनि आफ्ना कथामा त्यस्तै विषय र सन्दर्भ प्रस्तुत गरेको हुन सक्ने बताउनु भएकाे थियाे ।  कतिपय विषय सन्दर्भमा अझै परिष्कार गर्ने उहाँको भनाइ थियो ।