लागूऔषध सहित राउत र थापा प्रहरी नियन्त्रणमा

लागूऔषध सहित राउत र थापा प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २१, २०७६

रुपन्देही । तिलोत्तमा नगरपालिका–३ जानकीनगरबाट अवैध लागूऔषध चरेश करिब १५ केजी सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी रेसुङगा नगरपालिका–८ बस्ने २७ वर्षीय संजय राउत र सोही ठाउँ बस्ने ३२ वर्षीय पदम थापा रहेका छन् । 

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।