जुवातासकाे खालबाट नगद सहित १४ जना पक्राउ !

जुवातासकाे खालबाट नगद सहित १४ जना पक्राउ !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २१, २०७६

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–९ निलबाराही बस्ने सुरेश श्रेष्ठको निलबाराही रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ३७ वर्षीय उमेश तको लगायत १४ जनालाई ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ, ७ हजार ६ सय ६० भारतीय रुपैयाँ र ४ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।