ब्रह्माण्डमा एक वर्षमा के–कति घटना हुन्छन्, ब्रह्माण्ड नै तन्किएर खर्बाै किमि बढ्छ

ब्रह्माण्डमा एक वर्षमा के–कति घटना हुन्छन्, ब्रह्माण्ड नै तन्किएर खर्बाै किमि बढ्छ

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन १२, २०७५

क्यालेण्डर फेरिन्छ । विज्ञानको परिभाषामा पृथ्वीले सूर्यको एउटा परिक्रमा पूरा गर्यो । हामीले बुझ्छौं– ३ सय ६५ दिन बिते अथवा एक वर्ष बित्यो । सबै किसिमका वार्षिकोत्सव मनाएर तपाईँ हामी समयसँग गति गरिरहन्छौं ।

तपाईँको जीवनमा यस एक वर्षमा अनेकौं घटना हुन्छन् । तपाईँको जीवनजस्तै ब्रह्माण्डमा पनि अनेकौं घटना हुन्छन् । 

विज्ञान भन्छ– प्रत्येक वर्ष चन्द्रमा हामी बसेको पृथ्वीदेखि ३.८ सेन्टिमिटर टाढा हुँदै जान्छ । 

हामीले एक वर्ष भनेको अवधिमा सूर्यको तौल १७४ खर्ब टन कम्ती हुन्छ । हाइड्रोजन बलेर हिलियममा बदलिन्छ । प्रत्येक सेकेण्डमा ७ करोड टन हाइड्रोजन बलेर ६ करोड ९५ लाख टन हिलियममा ‘कन्भर्ट’   हुन्छ । प्रत्येक सेकेण्डमा ५ लाख टन ‘मास’ ऊर्जामा रूपान्तरित हुन्छ । 

प्रत्येक वर्ष पृथ्वीको कक्ष १.५ सेन्टिमिटरका दरले वृद्धि भइसकेको हुन्छ । 

दृष्य ब्रह्माण्डमा यसै एक वर्षको अवधिमा १५० अर्ब नयाँ तारा बन्ने गर्छन् । गणना गरी हेर्नुस् त एक सेकेण्डमा कति वटा नयाँ तारा बन्छन् ? 

छिमेकी आकाशगंगा एण्ड्रोमेडा ३.५ अर्ब किमि हाम्रो नजिक आउँछ, एक वर्षमा । 

र, हाम्रो ब्रह्माण्ड झण्डै ६० खर्ब किमि फैलिसकेको हुन्छ, पुरानो वर्ष र नयाँ वर्षबीचको अवधिमा ।