इरानद्वारा मस्जिदमा  फहराइएको रातो झन्डा अर्थात्  युद्धको घोषणा  !

इरानद्वारा मस्जिदमा  फहराइएको रातो झन्डा अर्थात्  युद्धको घोषणा  !

बसन्त कुमार उपाध्याय  |  दृष्टिकोण  |  पुष २२, २०७६

नयाँ वर्ष सन् २०२०को सुरुवात जनवरी २ र ३ मा अमेरिकाले गरेको एयर स्ट्रइकमा परी इरानका निकै लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकको हत्या भएपछिको घट्नाले अहिले विश्व राजनीति तरङ्गित भएको छ । इरानले त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य समेत तोकेका समाचारहरू आइरहेका छन् । उता अमेरिकाले मारिएका सुलेमानीलाई यसअघि नै आतङ्ककारी घोषणा गरेको थियो ।

सुलेमानी इराकका कार्यकारी प्रधानमन्त्री अदिल अब्दूल मेहदीको निमन्त्रणामा इराक पुगेका बखत अमेरिकी सैन्य कारबाहीमा केही दिन अघि मारिएका हुन् । सुलेमानी मारिएको घट्नालाई इराकले राजनीतिक हत्या बताउँदै आफ्नो देशमा रहेका अमेरिकी सैनिकलाई देश छाड्न आदेश समेत दिइसकेको छ ।

इरानको विशिष्ट सैन्य वल कुर्दस फोर्सका प्रमुख रहेका सुलेमानी इरानी नेता अयातुल्लाह खुमैनी पछिका सबैभन्दा लोकप्रिय व्यक्तिमा पर्दछन् । स्वयं खुमैनीले 'नमाज–ए–जनाजा' पढेर सुलेमानीको अन्तिम बिदाइ गरे । अन्तिम बिदाइमा लाखौँ नागरिक सहभागी भए ।

मारिएका सुलेमानीको बिदाइसँगै तेहरानमा अवस्थित मस्जिद–ए–कुममा रातो झन्डा फहराइएको थियो । उक्त मस्जिदमा रातो झन्डा फहराइनुलाई औपचारिक रूपमा युद्धको घोषणा भएको मानिन्छ ।गत जुन महिनाको २१ तारिकमा अमेरिकी शक्तिशाली जासुसी ड्रोन ट्राइनलाई इरानले खसालेको थियो । त्यसयता इरान र अमेरिकाबिचको सम्बन्धमा थप चिसोपन आउन थालेको हो । 

अमेरिका र इरानबिचको सम्बन्ध सँधैजसो तनावपूर्ण रहँदै आएको छ । तर पछिल्ला सन् २०१५ मा अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा तनावपूर्ण सम्बन्धलाई कम गर्न ‘ज्वाइन्ट कम्प्रीहेन्सिब प्लान अफ एक्सन’ सुचारु गरेको थियो । डोनाल्ड ट्रम्प प्रशासनले त्यो प्रतिबद्धतालाई एकतर्फी ढगंले तोडेपछि सम्बन्धमा थप चिसोपन आउन थालेको हो ।

यति बेला मलाई इरानी राजा सुल्तान रेजा शाह पहलवीले आयोजना गरेको रात्रीभोजलाई इरानका लोकप्रिय नेता अयातुल्लाह रुहोलिया खुमैनीले भूतको पार्टी भनेर भनेको घट्नालाई सम्झन मन लाग्यो । रोचक त के छ भने त्यो शाही पार्टीमा युगोस्लाभियाका तत्कालीन राष्ट्रपति जोसेफ ब्रोज टीटोमोनाका प्रिसं रेनिअर र राजकुमारी ग्रेस, अमेरिकी उप राष्ट्रपति सिप्रो आग्नेयु र सोभियत सङ्घका नेता निकोलोई पोगानी रमाइरहेका थिए ।

सन् १९७०–७१ मा नै अमेरिका र इरानबिच सम्बन्धमा दरार आइसकेको थियो । सन् १९७९ ताका भएको इस्लामिक क्रान्ति भन्दा पहिले खुमैनीले टर्की, इराक, फ्रान्स लगायतका देशहरूमा खुमैनीले निर्वासित जीवन बिताएका थिए । खुमैनीको दलिल थियो कि तिनै राजा पहलवीले गर्दा अमेरिकी परनिर्भरता बढेको हो । अझै अर्को ऐतिहांसीक घट्नमा त कहो भने सन् १९५३ मा मोहम्मद मोसादेगको लोकतान्त्रिक सरकारलाई अमेरिका र ब्रिटेनले अपदस्थ गरी राजा पहलवीलाई सत्ता सुम्पेको थियो । देशमा मोसादेगलाई नै तेल उद्योगको राष्ट्रियकरण गरेको श्रेय दिन्छन् इरानी जनता ।

सन् १९८० को  दशकमा जब इराक र इरानबिच युद्ध भयो त्यति बेला सद्दाम हुस्सैनलाई अमेरिकाले पनि साथ दिएको थियो ।  करिब १० वर्ष चलेको त्यो युद्धमा इरान र इराकका झन्डै ५ लाख सैनिक मारिएका थिए । त्यो लडाइँमा सोभियत सङ्घ पनि इराकको साथमा थियो । यता जब इरानमा खुमैनी सत्तामा फर्किए उनी वामपन्थी आन्दोलनसँग दुरी बढाउँदै जान थाले । सन् २००२ को आसपासमा त इरानले पनि परमाणु कार्यक्रम सुरु गरिसकेको अन्तर्राष्ट्रिय समुदायको बुझाई छ ।

अमेरिका र इरानबिचको सम्बन्ध सँधैजसो तनावपूर्ण रहँदै आएको छ । तर पछिल्ला सन् २०१५ मा अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा तनावपूर्ण सम्बन्धलाई कम गर्न ‘ज्वाइन्ट कम्प्रीहेन्सिब प्लान अफ एक्सन’ सुचारु गरेको थियो । डोनाल्ड ट्रम्प प्रशासनले त्यो प्रतिबद्धतालाई एकतर्फी ढगंले तोडेपछि सम्बन्धमा थप चिसोपन आउन थालेको हो ।

यसअघि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएइए)ले इरानले परमाणु हतियार बनाएर मिसाइल परीक्षण गर्न खोजिरहेको रिर्पोट तयार पारेपछि अन्तर्राष्ट्रिय स्तरको दबाब र नाकाबन्दीको सामना गर्दै आइरहेको इरानले ‘पी ५ प्लस १’ (अमेरिका,फ्रान्स,जर्मनी,ब्रिटेन,रुस र चीन)को लगातारको दबाब पछि २०१५ मा भियानामा परमाणु सम्झौता भएको थियो । सम्झौता युरेनियम भण्डारणको हद ३ सय केजी मात्रै र बाँकी तयारी युरेनियम रुसलाई हस्तान्तरण गर्ने तय भएको थियो । रुसले  १ सय ४० टन प्राकृतिक युरेनियम ‘एल्लो केक’ इरानलाई दिने सहमति बनेको थियो ।

चीन र भारत इरानबाट तेल खरिद गर्ने दुई मुख्य ठुला देश हुन् । इरानले १० प्रतिशत तेल भारत निर्यात गर्ने गरेको छ । तर बदलिँदो परिवेशका कारण दक्षिण कोरिया र जापानले इरानबाट तेल खरिद गर्न बन्द गरीसकेकाछन् । अहिले इरानको सेन्टल बैङ्कसँग अन्तर्राष्ट्रिय स्तरका आर्थिक गतिविधिमा पनि रोक छ ।

एक इरानमा पटक १९७९ मा अमेरिकी दूतावासका ५२ जना कर्मचारीलाई करिब एक वर्षसम्म बन्धक बनाइएको थियो । उक्त घट्नामा खुमैनीको समर्थन रहेको अमेरिकाको बुझाई रहँदै आएको छ । अमेरिकी सेनाले गरेको ‘इगल क्ल आर्मी अपरेसन’ इरानमाथि असफल भएको थियो । अँगे्रजी फिल्म आर्गो त्यही अपरेसनमा आधारित हलिउड चलचित्र हो । उक्त चलचित्रलाई अफलिकले निर्देशन गरेका छन् भने जर्ज कोलोनी र ग्रयान्ट हेश्लभले लगानी गरेका थिए । इरान कै विषयलाई लिएर अमेरिकाका तत्कालीन राष्ट्रपति जिम्मी कार्टर दोस्रो कार्यकाल राष्ट्रपति हुन नसकेको समेत कतिपयको बुझाई 
छ ।

इरानमा शिया मुसलमानको सङ्ख्या उल्लेख्य छ । आईआईएफएसएसका अनुसार इरानमा ५ लाख २३ हजार सेना छन् । त्यही सेना मध्ये इस्लामिक रिभोल्युशनरी गार्डस इस्लामिक व्यवस्थालाई मजबुत बनाउन ४० वर्ष अघि स्थापना भएको थियो ।