‘सेल्फी किङ’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

‘सेल्फी किङ’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २३, २०७६

काठमाडौं । अभिनयमा अब्बल रहेका अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पोस्टर र टीजर सार्वजनिक भएपछि निकै चर्चामा रहेको चलचित्रको ट्रेलरमा इमोसनल देखाईएको छ । चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको चलचित्रमा अभिनेता विपिन ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिकामा रहेको देखिन्छ ।

जोकर हुलियामा देखिने विपिनले फिल्मको ट्रेलरमा बोलेका संवादहरु घतलाग्दा छन् । फिल्ममा विपिनकी श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाउनु भएकाे छ । 
 
विशाल सापकोटाको निर्देशनमा रहेको चलचित्र आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको छ । पहिलो पटक चलचित्र निर्देशनगरेका सापकोटाको ‘सेल्फि किङ’मा दिनेश राउत र सुवास थापाले निर्माण रहेकाे छ । यसअघि दिनेश र सुवासबीच चलचित्र ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल चलचित्रका सह–निर्माता हुन् । 
 
सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको चलचित्रमा निर्मल कुमार लामाको कोरियोग्राफी छ । चलचित्रको कथा दिमागमा फुर्नुको कारण सम्झँदै निर्देशक विशालले भन्नुभयो– ‘मैले एउटा पत्रिकामा चर्चित नेपाली हास्यकलाकारको आर्टिकल पढेको थिएँ । त्यहीँबाट ‘सेल्फी किङ’ को कथा जन्मिएको हो ।’ चलचित्रले उठाएको कथा हरेक कलाकारको जीवनसँग मिल्न सक्ने उहाँले बताउनुभयो । 

भिडियो यहाँ हेर्न सकिन्छः