महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा आउने !

महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा आउने !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २३, २०७६

सर्लाही । सर्लाहीको बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ  ।

मिलका सञ्चालकवीरेन्द्र कनौडियाले मङ्गलबार किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम बैंकमा जम्मागरिदिएपछि आजदेखि  सञ्चालनमा आउन लागेको हो । 

सञ्चालक कनौडियाले ११ करोड २६ लाख रुपैयाँ भुक्तानीका लागि बैंकमा जम्मा गरिदिए पछि उक्त मिल सञ्चालनमा आउने भएको हो ।
गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिनुभयो  । 

‘किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ’, उहाँले भन्नुभयो, ‘किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि  सञ्चालन हुन्छ ।’

सो मिलले किसानको करीब २१ करोड रुपैयाँ बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।