इरान विमान दुर्घटनामा १८० को मृत्यु

इरान  विमान दुर्घटनामा १८० को मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २३, २०७६

एजेन्सी । इरानको तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार १८० जनाकै ज्यान गएको छ।

युक्रेन इन्टरनेसनल एयरलाइन्सको उक्त विमान तेहरानको इमाम खामेनेई विमानस्थलबाट युक्रेनको राजधानी किभतर्फ उड्नै लाग्दा खसेर क्षतविक्षत भएको छ।

इरान र अमेरिकाबीच युद्धको स्थिति रहेकाले विमान खसालियो या प्राविधिक समस्याका कारण दुर्घटना भयो भन्ने बारे जानकारी आइसकेको छैन।
विमानमा अचानक खराबी देखिएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान छ।

अमेरिकी हमलामा आफ्ना सैनिक जनरल कासिम सुलेमानीको मृत्यु भएलगत्तै इरानले बुधबार बिहान इराकस्थित अमेरिकी सैन्य अखडामा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

मिसाइल प्रहारपछि सृजित तनावकै बीच युक्रेन इन्टरनेशनल एअरलाइन्सको विमान तेहरानस्थित इमाम खुमैनी विमानस्थल नजिक दुर्घटनाग्रस्त भएको हो।