जुवातासको खालबाट नगद सहित ५ जना पक्राउ

जुवातासको खालबाट नगद सहित ५ जना पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २३, २०७६

ललितपुर । ललितपुर महानगरपालिका–१४ ताल्सिखेल बस्ने चन्द्र बहादुर देवाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२३ बस्ने ४९ वर्षीय चन्द्र कुमार देवाङ समेत ५ जनालाई नगद १ लाख ८० हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।