इरानसँग शान्ति चाहन्छन् ट्रम्प, तेस्रो विश्वयुद्ध टरेको हो ?

इरानसँग शान्ति चाहन्छन् ट्रम्प, तेस्रो विश्वयुद्ध टरेको हो ?

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २४, २०७६

मानिएको छ कि इरानका शीर्ष कमाण्डर जनरल कासिम सुलेमानीको हत्यापछि दुई देशका बीच जारी तनावबाट जुन प्रकारको तेस्रो विश्वयुद्धको आशंका गरिएको थियो, ट्रम्पको शान्ति सन्देशका कारण उक्त संभावना हाललाई टरेको छ ।

यसलाई पश्चिम एसियामा तनाव बम गर्नका लागि अहं कदम मानिएको छ ।

इराकमा अमेरिकी क्याम्पमाथि इरानको मिसाइल हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका नाममा गरेको सम्बोधनमाथि धेरैको ध्यान थियो । ट्रम्पले सम्बोधनमा कुनै ठूलै घोषणा गर्ने अनुमान थियो तर उनी आफ्नो उक्त सम्बोधनमा अत्यन्त शान्त देखिए ।

ट्रम्पले इरानसँग शान्तिको प्रस्ताव गरे र भने कि इरानको हमलाको जवाफ दिनका लागि अर्को विकल्प छ र त्यो हो, आर्थिक प्रतिबन्ध । यसबाट बुझिएको छ कि इरानका शीर्ष कमाण्डर सुलेमानीको हत्यापछि दुई देशबीचको तनावबाट उत्पन्न हुन सक्ने तेस्रो विश्वयुद्धको त्रास अब ट्रम्पको शान्ति संदेशबाट तत्काललाई टरेको छ ।

यसैबीच इरानी नेता तथा जनतालाई सन्देश दिँदै ट्रम्पले भनेका छन् कि अमेरिका ती सबैका साथ शान्तिका लागि तयार छ, जो शान्ति चाहन्छन् । उनले भने, ‘इरानका नेता र जनताका लागि म चाहन्छु कि तपाईंहरूको शानदार भविष्य होस्, जसको तपाईंहरू हकदार हुनुहुन्छ ।'

अमेरिकी ड्रोन हमलामा सुलेमानीको हत्याको बदलामा इरानले बुधबार बिहान इराकमा रहेका दुई अमेरिकी सैन्य क्याम्पमा २२ वटा मिसाइल हमला गरेको थियो र त्यसमा ८० अमेरिकी सैनिकको मृत्यु भएको दाबी गरेको थियो ।

तथापि, अमेरिकाले इरानको उक्त दाबीलाई अस्वीकार गरेको छ र उक्त हमलाका कारण केही भौतिक संरचनामा असर परे पनि मानवीय क्षति नभएको बताएको छ ।

ट्रम्पले उक्त हमलाबारे ट्विटरमा भनेका छन्, ‘सबै ठीक छ ।’

एनले यो पनि भनेका छन् कि अमेरिकाका सैन्य क्याम्पमा धेरै कम नोक्सान भएको छ र हमलामा कोही अमेरिकीको ज्यान गएको छैन ।

ट्रम्पको दाबी : पछि हट्दै छ इरान

इरानले अमेरिकी सैन्य क्याम्पमा गरेको हमलापछि आफ्नो संक्षिप्त सम्बोधनमा ट्रम्पले इरान पछि हटिरहेको देखिएको दाबी गरेका छन् । उनको यो भनाइ इरानका विदेशमन्त्रीको भनाइपछि आएको हो, जसमा उनले भनेका थिए कि मिसाइल हमला आत्मरक्षाका लागि गरिएको थियो ।

ट्रम्पको दाबी छ कि ‘अर्ली वार्निङ सिस्टम’ (पूर्वसूचना प्रणाली)का कारण कुनै अमेरिकीको ज्यान नगएको हो ।

मिसाइल हमलाबाट इरानले एकै पटक दुई निशाना साँध्यो

अमेरिकी राष्ट्रपतिको भनाइमा विशेषज्ञको त्यो धारणासँग सहमति देखियो, जसमा भनिएको थियो कि इरानले जानीबुझीकन यस्तो लक्ष्य चुनेको थियो, जहाँ कम नोक्सान होस् र केवल चेतावनीको सन्देश जाओस् ।

मिसाइल हमलाका कारण एकै पटक दुई चाल चल्यो इरान । एकातर्फ मिसाइल हमलाबाट अमेरिकालाई धेरै नोक्सान भएर र आफ्नो देशमा सन्देश पनि दियो । ट्रम्पले भने कि इरान नरम भइरहेको देखिएको छ, जुन सबै पक्षका लागि राम्रो कुरा हो ।